२७औँ भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने « Khabarhub

२७औँ भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा हुने भएको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको मूल समारोह समितिको बैठकले माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा मनाउने निर्णय गरेको हो ।

आजको बैठकले यस वर्षको मूल नारा ‘भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ’ तय गरेको राषिट्रय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, गृहसचिव गोकर्णमणि दुवाडी लगायतको उपस्थिति थियो ।

बैठकले सुरक्षा दिवसका अवसरमा देशव्यापी रूपमा सचेतना एवम् पूर्वतयारीका कार्यक्रमहरू आयोजना गर्न प्रदेश, स्थानीय तह एवं नागरिक सङ्घसंस्थाहरूलाई आग्रह पनि गरेको छ । रासस

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १० : १६ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको