सूर्योदय वोमी लघुवित्तले ६ प्रतिशत बोनस दिने  « Khabarhub

सूर्योदय वोमी लघुवित्तले ६ प्रतिशत बोनस दिने 


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीका सचिव मोक्ष प्रसाद पङ्गेनीका अनुसार कम्पनीले चुक्ता पुँजीको १ करोड ४३ हजार ७२८ रुपैयाँ बराबर हुने ०.९६२३५०५ प्रतिशत नगद लाभांश र चुक्ता पुँजीको ६ करोड २६ लाख १९ हजार ९७९ रुपैयाँ बराबर हुने ६ प्रतिशत बोनस शेयर दिने भएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३१६ रुपैयाँ बराबरको रहेको छ ।

कम्पनीको पुस ५ गते बसेको २३०औँ सञ्चालक समितिको बैठकले साधारणसभा पनि गर्ने निर्णय गरेको छ ।कम्पनीले पुस २८ गते विहान ११ बजेदेखि वार्षिक साधारणसभा गर्ने जनाएको हो ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ११ : १२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको