सहकारी ठगी मुद्दामा आज रविसँग बयान « Khabarhub

सहकारी ठगी मुद्दामा आज रविसँग बयान


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जोडिएका प्रतिवादीहरुको बयान आज पनि जारी रहने छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै हिजोबाट बयान सुरु भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान हुनेछ । हिजो पहिलो दिन पूर्व डीआईजी एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशीको बयान भएको छ । आज पनि उनको बयान जारी रहने छ । आज उनको बयान सकिएमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलगायतको बयान हुनेछ ।

हिजो बयानका लागि लामिछाने, जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई बयानका लागि अदालतमा उपस्थित गराइएको थियो ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीले बिहीबारसम्ममा सबैको बयान सकाएर शुक्रबारबाट थुनछेक बहस गर्ने तयारी रहेको जानकारी दिए ।

कास्की अदालतले सबैको सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

यसअघि आइतबार सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।
सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : १४ बजे

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा पुल

जेन-जी प्रतिनिधिले गरे संविधान संशोधन छलफल बहिष्कार : सरकारलाई ६ बुँदे चेतावनी

काठमाडौं– जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले सरकारले आयोजना गरेको संविधान संशोधनसम्बन्धी छलफलमा

मेची-महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

धरान– मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा

अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं– दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित