इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित « Khabarhub

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं सर्वसाधारण विस्थापित भएका छन्‌ । आफ्ना विरोधीहरूविरुद्ध लडाइँ छेडेको इजरायलले लेबनानमा सक्रिय लडाकु समूह हिज्बुल्लाहमाथि आक्रमण तीव्र पारेपछि दुबै देशका सीमा क्षेत्रमा बसोबास गरिरहेका लाखौं सर्वसाधारणले थातथलो छाडेका हुन्‌ ।

दुबै देशका सरकारले दुई देशको सीमा क्षेत्रमा युद्धका लडाइँका कारण प्रभावित मानिसहरूलाई सुरक्षित स्थानतर्फ जान भनेका थिए । लेबनानका स्वास्थ्यमन्र्त्री फिरास अबियादले इजरायलबाट भएका पछिल्ला हमलाका कारण हजारौं मानिस विस्थापित भएको बताएका छन्‌ ।

इजरायल-लेबनान सीमा क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूले थातथलो छाडेको यो पहिलोपटक भने होइन । सन्‌ २०२३ अक्टोबर ७ देखि इजरायल-हमास संघर्ष शुरू भएदेखि नै सीमा क्षेत्रबाट लेबनानका मानिसहरू विस्थापित हुन थालेका थिए ।

त्यसयता हालसम्म दुई लाख लेबनानीहरू विस्थापित भइसकेका हुन्‌ । उत्तरी इजरायलतर्फ पनि करिब ६० हजार मानिस विस्थापित भएका छन्‌ ।

प्यालेस्टाइनको गाजापट्टीमा सक्रिय लडाकु समूह हमासविरुद्ध इजरायलले लडाइँ छेड्दादेखि नै लेबनानको लडाकु समूह हिज्बुल्लाह इजरायलविरुद्ध आक्रामक देखिँदै आएको छ । तर, गाजापट्टीमा हमासलाई लगभग तहसनहस पारेको इजरायलले पछिल्लोपटक लेबनानको हिज्बुल्लाहमाथि भीषण आक्रमण गरिरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १० : ५४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको