जनमत पार्टी सत्ता सहकार्य गर्ने आचरण नभएर भाग्यो : उपेन्द्र यादव « Khabarhub

जनमत पार्टी सत्ता सहकार्य गर्ने आचरण नभएर भाग्यो : उपेन्द्र यादव


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीले सरकारमा साझेदार गर्ने खालको आचरण नदेखाएको बताएका छन् । उनले सहकार्य गर्न नसकेर मधेस सरकारबाट जनमत पार्टी भागेको समेत आरोप लगाए । 

उनले भने, ‘सत्ता सहकार्य गर्न नसकेर सरकारबाट भागेका हुन् । सहकार्य गर्ने आचरण नै छैन ।’ 

बुधबार खबरहबले यहाँहरूले चरम दमन गरेपछि जनमतले मधेस सरकार छोडेको रे के गर्नुभयो नि त्यस्तो भन्ने प्रश्नमा उनले भने, ‘गठबन्धनमा बसेपछि केही आचरणको पालना गर्नुपर्ने हुन्छ । त्यो उहाँहरूले राख्न सक्नु भएन । दोष अर्कालाई दिएर हुँदैन । गैर राजनीतिक चरित्र देखियो । उछिङखलता र उदन्डता देखियो । यसरी कसरी सहकार्य गर्ने ।’ 

उनले गठबन्धनमा बस्ने तर गठबन्धनको चरम विरोध गर्ने प्रवृत्ति हाबी भएकोले आफूले पटक-पटक सुधार गर्न भनेको तर अराजकता नै निरन्तर देखिएपछि वास्ता गर्न छाडेको बताए । 

उनले भने, ‘चरित्र सुधार्नुपर्छ राजनीतिक संस्कार स्थापना गर्न संस्कार बसाउनुपर्छ । यसरी त हुँदैन सहकार्य ।’ मंगलबार जनमत पार्टी दुई मन्त्रीसहित मधेस सरकारबाट बिदा भएको छ । 

उसले जनमत पार्टी अध्यक्ष र मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले चरम दमन गरेको भन्दै बिदा भएको छ ।

यो पनि…

मधेश सरकारबाट बाहिरियो जनमत, केन्द्रबाट पनि बिदा हुने तयारी !

 

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १ : ५१ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले