राज्यको स्रोत साधन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री  « Khabarhub

राज्यको स्रोत साधन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री 


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री महतले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको भन्दै प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । आवश्यकता अनुसार खर्च गर्न स्रोत साधन निकै कम रहेको अवस्थामा खर्चको प्राथमिकीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । 

मन्त्री महतले आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने धारणा राखे । उनले मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको भन्दै अव निराश हुनुपर्ने अवस्था नदेखिएको बताए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको र बैंक तथा वित्तीय संस्थामा पनि कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या नरहेको बताए । उनले बैंक वित्तीय क्षेत्रको वित्तीय स्वास्थ्यमा समस्या आउन नदिन राष्ट्र बैंकले विभिन्न किसिमका प्रोभिजनिङ को व्यवस्था ल्याउँदा उनीहरूको नाफा केही घटेको देखिएपनि समग्रमा यसले सकारात्मक प्रभाव नै देखाएको जिकिर गर । 

२०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । गत पुस मसान्तसम्ममा बैङ्कमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको रु तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको बैंकले जनाएको छ । 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ४८ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप