शाली नदीमा स्वस्थानीको तयारी (फोटो फिचर) « Khabarhub

शाली नदीमा स्वस्थानीको तयारी (फोटो फिचर)



काठमाडौं- पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत भोलिदेखि सुरु हुँदैछ । साँखुमा प्रत्येक वर्ष माघ महिनामा लाग्ने एक महिने श्री माधवनारायण तथा स्वस्थानी व्रतकथा एवम्  शालिनदी मेलाकाे तयारी पूरा भएकाे छ । 

एक महिना चल्ने स्वस्थानी व्रतका बेला बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । 

स्वस्थानीका अवसरमा भोलिदेखि  एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित शालीनदीमा माघ स्नानसहित माधवनारायणको मेला लाग्दछ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा मनोकांक्षा पूर्ण हुने जनविश्वास छ ।

व्रतको क्रममा स्नान गर्ने व्रतालु महिलाहरूको फोटो, भिडियो खिच्न नपाइने प्रावधान समेत रहेको छ । 

            

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : ४६ बजे

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को