सवारी लाइसेन्सका नक्कली परीक्षार्थी पक्राउ « Khabarhub

सवारी लाइसेन्सका नक्कली परीक्षार्थी पक्राउ


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बन्दिपुर गाउँपालिका–४, बिमलनगरबाट सवारी चालक अनुमति पत्रको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

यातायात व्यवस्था कार्यालयमा सञ्चालित ‘ए’ वर्ग मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रायल)मा नक्कली परीक्षार्थी भानु–४ का ३० वर्षीय पूर्ण थापामगरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

साेही ठाउँका ३५ वर्षीय सुरेश थापामगरको परीक्षामा पूर्ण उपस्थित भई सुरेशको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परीक्षामा सहभागी भएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पूर्णलाई किर्ते सम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट बुधबार ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : ५९ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई