फोहरको थुप्रोमा खानेकुरा बनाउने गरेको एलिनाज क्याफेलाई जरिवाना « Khabarhub

फोहरको थुप्रोमा खानेकुरा बनाउने गरेको एलिनाज क्याफेलाई जरिवाना


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फोहरको थुप्रोमा खानेकुरा बनाएको भेटिएपछि ललितपुरस्थित रोयल एलिनाज बेकरी क्याफेलाई  अनुगमन निकायले २० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

खाद्य सामग्री फोहरमाथि राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्य्राइँ गरेको भन्दै सो क्याफेलाई जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत निकायले  जरिवाना भराएको हो ।

सरकारी उच्चस्तरीय संयुक्त अनुगमन टोलीले मंगलबार सो क्याफेको अनुगमन गरेको थियो । सो क्याफेले न्युनतम मापदण्ड नै मिचेको पाइएकोउद्योग वाणिज्य कार्यालय ललितपुरका अनुगमन अधिकृत सञ्जय थापाले जानकारी दिए ।

थापाका अनुसार; क्याफेको खाद्यपदार्थ फोहर राख्ने डस्टबिनसँगै जोडेर राखिएको भेटिएको थियो । ‘मानिसको जीवनसँग जोडिएको खानेकुरा फोहरमैला भएकै ठाउँमा राखेर गम्भीर लापरबाही गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले जरिवाना गरेको हो,’ थापाले भने, ‘२५ रुपैयाँ पर्ने बोतलको पिउने पानीलाई ५० रुपैयाँमा बेचेर ठगी गरेको भेटियो ।’

बजार अनुगमन टोलीले मानभवनमा रहेको जोइन्ट बार एन्ड ग्रीललाई पनि १० हजार रुपैयाँ जरिवाना तिराएको छ । ३५ रुपैयाँको बोतलको प्रशोधित पिउने पानीलाई १०० रुपैयाँमा बेचेको भेटिएपछि कारबाही गरेको अनुगमन अधिकृत थापाले जानकारी दिए ।

दर्ता प्रमाणपत्र, प्यान र भ्याटमा दर्ता भएको प्रमाणपत्र नै नभेटिएको तथा सामान्य विलबिजक पनि जारी नगरेको पाइएको विभागले जनाएको छ ।

‘जोइन्ट ग्रीलले आन्तरिक राजस्वको अन्तःशुल्क प्रमाणपत्र नलिइ अल्कोहल जन्य पेय पदार्थ विक्रीवितरण गरेको भेटियो’, थापाले थपे, ‘उसको रक्सी पसल सिल गरिएको छ ।’ दर्ता नगरेसम्म अब विक्रीवितरण पुर्ण रूपमा रोक लगाइएको उनले बताए ।

अनुगमन टोलीले सोमबारदेखि  बजार अनुगमन थालेको हो । दशैँभर अनुगमन जारी रहने सरकारी अधिकारीहरूले बताएका छन्‌ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ९ : १३ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता