डेङ्गी लागे निःशुल्क अस्पताल जान १०२ र परामर्श लिन ११८० मा फोन गर्न सकिने « Khabarhub

डेङ्गी लागे निःशुल्क अस्पताल जान १०२ र परामर्श लिन ११८० मा फोन गर्न सकिने


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाले डेङ्गी संक्रमणबारे टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० सञ्चालनमा ल्याएको छ ।

अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने महानगरले जानकारी दिएको छ । यी हटलाइन नम्बर चौबिसै घण्टा सञ्चालन हुने महानगरले जनाएको हो ।

पछिल्लो चार वर्षयता काठमाडौंमा डेङ्गी संक्रमण व्यापक बढिरहेको छ । विशेषगरी बर्खायाम अर्थात्‌ साउन, भदौ, असोज र कात्तिकसम्म यस रोगको संक्रमण दर तीव्र हुने गरेको छ ।

डेङ्गी सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान थाल्ने भएको छ । महानगर क्षेत्रका बासिन्दामा डेङ्गी संक्रमण बढ्दै अस्पताल भर्ना हुन थालेपछि महानगर संक्रामक लामखुट्टेको बासस्थान नै नष्ट गर्ने जानकारी दिएको हो ।

महानगरले डेङ्गी संक्रमण उपचार गर्न चाहिने सिटामोल र जीवनजललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको पनि जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : ५५ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं