आइतबारदेखि दादुरा-रुबेला खोप अभियानः लक्ष्य पुरा गर्ने चुनौती | Khabarhub Khabarhub

आइतबारदेखि दादुरा-रुबेला खोप अभियानः लक्ष्य पुरा गर्ने चुनौती


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२६ सम्म दादुरा-रुबेलारोग निवारण गर्ने नयाँ लक्ष्यका साथ सरकारले आइतबारदेखि दादुरा-रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्दैछ। राष्ट्रिय जनगणना २०७८ को आधारमा निर्धारण गरिएको लक्षित जनसंख्या ९ महिनादेखि ५ वर्षमुनिका २१ लाख ३० हजार ६ सय ८३ र ५ वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार तीन सय १० जना गरेर ५७ लाख बढी बालबालिकालाई खोप अभियानमा सहभागी गराइने खोप अभियान कार्यक्रम सञ्चालन निर्देशिकामा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा-रुबेला रोग सन् २०१९ मै निवारण गरिसक्ने बताउँदै आएकोमा दक्षिण पूर्वी एसियाबाट भने सन् २०२२ मा निवारण गर्ने भनिएको थियो। तर, यो लक्ष्य पुरा भएन। अब २०२६ भित्र निवारण गर्नुपर्ने बाध्यात्मक अवस्था भएको छ। अझै पनि लक्ष पुरा गर्न चुनौती रहेको विज्ञ बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशाशक डा.भुवन पौडेलले भने धेरै ठुलो चुनौती नभएको बताएका छन्। ठुलो चुनौती नभए पनि सानातिना चुनौती अझै रहेको उनको बुझाइ छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार दादुरा-रुबेला निवारणका लागि कम्तीमा १२ महिनासम्म एउटा पनि बिरामी देखिनु हुँदैन। समुदायमा दादुराको शंकास्पद बिरामीको खोज गर्दा बिरामीको रगतको रिपोर्टमा दादुरा नेगेटिभ आउनुपर्छ। यही अवस्था निरन्तर तीन तीन वर्ष कायम गर्न सकेमा निवारण प्रमाणीकरण गर्न सकिन्छ। जसमा खोप लगाउने देशको कुल जनसंख्याको ९५ प्रतिशत हुनुपर्छ।

२०७६ चैतमा धादिङमा दादुरा सङ्क्रमणका कारण दुई बालकको मृत्यु र डेढ सय जना सङ्क्रमित भएका थिए। त्यस्तै, ०७९ पुसमा नेपालगञ्जमा एक जनाको मृत्यु हुनुका साथै सयौँ बालबालिका सङ्क्रमित भेटिएका थिए। अहिले १७ जिल्लामा बिरामी देखिएका छन्। यसले गर्दा चुनौती थपिएको पौडेलले बताए।

गत वर्ष काठमाडौंसहित १७ जिल्लामा फैलिएको दादुराका कारण एक हजार बढी संक्रमित भएका थिए। सरकारले दादुराविरुद्धको खोपलाई नियमित खोप कार्यक्रममा राखेको छ।

किन लगाउनैपर्छ दादुरा-रुबेलाको खोप
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दादुरा-रुबेलालाई अति संक्रामक र प्राणघातक रोगको रूपमा वर्गीकरण गरेको छ। हरेक वर्ष करिब ९० लाख बालबालिकामा दादुरा संक्रमण हुने गरेको र एक लाख ३६ हजारले ज्यान गुमाउने गरेको डब्लूएचओ र सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को पछिल्लो रिपोर्टले देखाएको छ। जसमा सबैभन्दा धेरै पाँच वर्ष मुनिका बालबालिका छन्।

गत वर्ष काठमाडौंसहित १७ जिल्लामा फैलिएको दादुराका कारण एक हजार बढी संक्रमित भएका थिए। सरकारले दादुराविरुद्धको खोपलाई नियमित खोप कार्यक्रममा राखेको छ। जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक यो खोप लगाउनुपर्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक पौडेलको भनाइ छ।

एकजना संक्रमितले १८ जनासम्मलाई सार्न सक्ने भएकाले खोप लगाउनु नै दादुराबाट बच्ने प्रमुख उपाय हो। नेपाल जनसंख्याख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ को प्रतिवेदनले जन्मिएको २३ महिनाभित्र पूर्ण खोप पाउने बालाबालिकाको दर अपेक्षाकृतरूपमा सुधार नभएको देखाएको छ। पूर्ण खोप नपाउने बालाबालिकाको दर २५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। कुनै पनि बालबालिका दादुरा रुबेलाका कारण जोखिममा नपरुन्न भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको र ९ महिनादेखि ५ वर्ष मुनिका दादुरा रुबेलासहित अन्य छुटेका सबै खोप लगाइने उनले बताए।

दादुरालाई कोभिडभन्दा पनि संक्रमण मान्न सकिने डा. पौडेलको भनाइ छ। उनका अनुसार दादुरा लागेको एकजना संक्रमित व्यक्तिबाट १८ देखि २० जनासम्मलाई सार्ने जोखिम हुन्छ। यसले विगतमा महामारी ल्याए पनि अहिले भने महामारी ल्याएको छैन। निवारणका लागि नेपालले प्रयास गरिरहेको छ।

२०१६ मा कुनै पनि खोप नपाउने १ प्रतिशत थियो तर, अहिले बढेर चार प्रतिशत पुगेको छ। सात पटक स्वास्थ्य संस्थामा पुगेर लगाउनुपर्ने निःशुल्क खोप पनि २० प्रतिशतले नलगाएको तथ्यांकले देखाएको छ।

खोप नलगाउने बालबालिकाको संख्या बढ्दै
अभिभावकले शिशु जन्मेपछि १५ महिनाभित्र सात पटक स्वास्थ्य संस्थामा लिएर जानुपर्छ। स्वास्थ्य संस्थामा १३ प्रकारका निःशुल्क खोप बालबालिकालाई लगाउनु आवश्यक हुन्छ। अहिले कुनै पनि खोप नपाएका बालबालिकाको संख्या बढेको देखिएको छ। नेपाल डेमोग्राफी हेल्थ सर्वे २०२२ ले चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाएको देखाएको छ।

२०१६ मा कुनै पनि खोप नपाउने १ प्रतिशत थियो तर, अहिले बढेर चार प्रतिशत पुगेको छ। सात पटक स्वास्थ्य संस्थामा पुगेर लगाउनुपर्ने निःशुल्क खोप पनि २० प्रतिशतले नलगाएको तथ्यांकले देखाएको छ। यस्ता व्यक्ति कहाँ छुटेका छन् भनेर राज्यले सूक्ष्म योजना बनाउन सकेको छैन। बालबालिकाले खोप नलगाउँदा खेर जाने अवस्था पनि उत्तिकै रहेको छ।

के हो दादुरा ? कसरी सर्छ ?
दादुरा एक प्रकारको संक्रामक रोग हो। यो आरएनए भाइरसबाट लाग्ने गर्दछ। यो भाइरस मानिसमा मात्र सर्ने र छिटो सर्ने अतिसंक्रामक भाइरस हो। यो रोगले छिट्टै महामारीको रुप लिन्छ। यो रोग कुनै पनि उमेर समूहका व्यक्तिलाई लाग्नसक्छ। तर, पाँच वर्ष मुनिका बालबालिकामा यो रोग धेरै लाग्ने गरेको छ।

दादुराको भाइरस मुख्यतः श्वासप्रश्वासको माध्यमबाट सर्नेगर्छ। जस्तै मुखबाट निस्किएको स-साना पानी कणबाट, खोक्दा, हाच्छिउँ गर्दा एकबाट अन्यमा सर्ने गर्छ।

यस्तै, थुक, सिंगानको माध्यमबाट पनि सर्ने गर्छ। दादुरा भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा पुगेमा हावाका माध्यमबाट पनि सर्ने गर्छ।
यी माध्यमबाट सर्दा दादुराको भाइरसले श्वास नलीलाई सङ्क्रमण गरी क्रमशः शरीरभर फैलिन्छ। बालबालिकाले आफ्ना उमेर समूहका साथीसँग बढी घुलमिल गर्छन्। यस्तो अवस्थामा सजिलै दादुरा सर्ने सम्भावना रहन्छ।

थुक, सिंगानको माध्यमबाट पनि सर्ने गर्छ। दादुरा भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा पुगेमा हावाका माध्यमबाट पनि सर्ने गर्छ। यी माध्यमबाट सर्दा दादुराको भाइरसले श्वास नलीलाई सङ्क्रमण गरी क्रमशः शरीरभर फैलिन्छ।

दादुरा रुबेलाको लक्षण
दादुरा सङ्क्रमण भएर सम्पर्कमा आएको १०-१२ दिनपछि ज्वरो आउँछ। सङ्क्रमण भएपछि रुघाखोकी लाग्ने, ज्वरो आउने, थकान हुने, आँखा रातो हुने, मुखभित्र सेतो दाग देखिने हुन्छ।

यस्तै, घाँटीको तल्लो उपल्लो भाग र खुट्टामा समेत बिमिरा देखिन्छन्। यो बिमिरा सङ्क्रमण भएको पाँच दिनपछि आफै हराउँछ। डब्लुयूएचओका अनुसार पाँच वर्ष मुनिका बालबालिकादेखि २० वर्ष माथिकालाई पनि दादुरा देखिन्छ। यो रोगका कारण अन्धोपन, झाडापखाला, निमोनिया, श्वास नली र फोक्सो नलीमा सङ्क्रमणदेखि हेपाटाइटिस, इन्सेफ्लाइटिसलगायत समस्या भएर स्वास्थ्यमा जटिल स्थिति सिर्जना गर्छ।

डब्लुएचओका अनुसार दादुराको कुनै एन्टिभाइरल उपचार छैन। यसबाट जोगिने एक मात्र उपाय दादुराविरुद्धको खोप लगाउनु हो। यो रोग लागेर जटिलतातिर पुगेको खण्डमा सहयोगी उपचार तथा कम गर्ने प्रयास गर्न सकिन्छ।

उपचार के हो ?
डब्लुएचओका अनुसार दादुराको कुनै एन्टिभाइरल उपचार छैन। यसबाट जोगिने एक मात्र उपाय दादुराविरुद्धको खोप लगाउनु हो। यो रोग लागेर जटिलतातिर पुगेको खण्डमा सहयोगी उपचार तथा कम गर्ने प्रयास गर्न सकिन्छ।

दादुरा सङ्क्रमण पुष्टि भएपछि लक्षणमा आधारित भएर चिकित्सकको सुझावमा मात्र औषधि सेवन गर्नुपर्छ। लक्षणमा आधारित भएर पोषणयुक्त खाना खाने, पर्याप्त मात्रामा झोलिलो पदार्थ पिउने, पखाला, बान्ता भएमा जीवनजल पिउने गर्नुपर्छ। ज्वरो आउँदा, आँखाको सङ्क्रमण र निमोनिया लगायतका समस्या कम गर्न एन्टिबायोटिक औषधीसमेत दिइन्छ।

सरकारले निःशुल्क प्रदान गर्ने दादुरा खोप ९ महिना र १५ महिनामा दुई मात्रा लगाएमा जोखिम निर्मूल गर्न सकिन्छ। रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चाँडै सङ्क्रमण हुनसक्ने भएका कारण दादुराको लक्षण देखिएपछि बालबालिकालाई स्कुल जान, साथीसँग खेल्न सावधानी अपनाउनुपर्छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ७ : ०३ बजे

नेपालमा लगानी गर्न कतारका राजालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी

लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत कानून संशोधन स्वागतयोग्य : महासंघ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन

नेपाल-कतार संयुक्त वाणिज्य परिषद्‌ स्थापना

काठमाडौं – नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौं– काठमाडौँ–विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु