कृत्रिम तालको बाँध निर्माण थालियो « Khabarhub

कृत्रिम तालको बाँध निर्माण थालियो


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माणको काम थालिएको छ । कृत्रिम ताल निर्माणका लागि बाँधको भित्तो काट्ने काम सुरु भएको हो ।

व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा निर्माण हुन लागेको उक्त कृत्रिम तालको बाँध निर्माणअन्तर्गत भित्तो काट्ने कार्यको सुरुआत गरिएको छ ।

पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । कृत्रिम ताल सिचाइँ, मस्त्यपालनका साथै पर्यटनमार्फत आयआर्जन गर्ने लक्ष्य छ ।

ताल निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत दश लाख, व्यास नगरपालिकाबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट एक करोड ५० लाख विनियोजन भएको छ ।

ताल निर्माणका लागि जिएस निर्माण सेवासँग एक करोड ८४ लाखमा आव २०७९–८० असारमा ठेक्का सम्झौता भएको इन्जिनियर जगन्नाथ चापागाईले जानकारी दिए ।

इन्जिनियर जगन्नाथ चापागाईले उने, ‘सम्झौताअनुसार एक वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने हो । तर, सर्भेका कारण ढिलाइ भयो । भर्खर मात्र ताल निर्माणका लागि कटिङको काम सुरु गरेका छौँ’, उनले भने ।

उनका अनुसार आव २०८०–८१ को असार मसान्तमा कृत्रिम ताल निर्माण सम्पन्न हुनेछ । नगरपालिकाले ताल निर्माणका लागि करिब २५ रोपनी जग्गा अधिग्रहण गरेको छ ।

आन्तरिक एवं बाह्य पर्यटकलाई जलविहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । उनका अनुसार ताल निर्माणका लागि दुम्सीचौर क्षेत्रका २० परिवारको जग्गा अधिग्रहण गरिएको छ । सो वापत उनीहरुलाई एक करोड ३७ लाख ६० हजार वितरण गरिएको छ ।

उपभोक्ताको २५ र ऐलानी जग्गा करिब २० रोपनी गरी कूल ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न गरिनेछ । देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्वर ताल पर्यटन प्रवद्र्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो पर्यटकीय क्षेत्र बनाउन लागिएको छ ।

पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडामा वनभोजस्थल र भ्यू टावर निर्माण गरेर फूलैफूलको बगैँचा बनाउने योजना बनाइएको छ । उक्त स्थानबाट सिधै फुड ट्रयाक बनाएर खहरेस्थित छाङ्गा बाराही मन्दिर जोड्ने लक्ष्य छ ।

व्यास मार्ग हुँदै पर्यटक छाङ्गा बाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिँढी चढ्दै देवीडाँडा पुग्न सकिनेछ । देवीडाँडामा निर्माण गरिएको भ्यू टावरबाट दृश्यावलोकनपश्चात् दुम्सीचौरस्थित कालिका मन्दिरको दर्शन गरी थालीडाँडा घरबास (होमस्टे)मा पुगेर बास बस्ने व्यवस्था मिलाइने छ ।

यहाँबाट बन्दीपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र गलेखामकोटलगायत स्थानको अवलोकन गर्न सकिन्छ ।

नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हुँदै पृथ्वी राजमार्गमा पुगेर पर्यटक गन्तव्यमा पुग्न सक्नेछन् । तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्रयाकलगायतका संरचना निर्माण गरिनेछ ।

नारेश्वर खोलाको पानी थुनेर ताल निर्माण गरिनेछ । तालको तीन सय मिटर लम्बाई र चौडाई ४० देखि ७० मिटर रहने छ । तालको गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटर हुनेछ । आठ मिटर उचाइको बाँध बाँधिने इञ्जिनियर चापागाईले बताए ।

तालमा ३० हजार घनमिटरसम्म पानी संकलन गर्न सकिनेछ । स्थानीय पदम दरैले ताल निर्माण भएपछि पर्यटकको आगमन बढ्ने बताए । उनले भने, ‘ताल निर्माणले पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्नेछ । स्थानीयलाई आयआर्जनसँग जोड्ने लक्ष्यका साथ ताल निर्माण थालिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : ४८ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।