रौतहट प्रहरीद्वारा भारतीय माछा नष्ट « Khabarhub

रौतहट प्रहरीद्वारा भारतीय माछा नष्ट


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

रौतहट– लामो समय देखि तस्करीको जालो तोड्न रौतहटस्थित प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएको अढाई क्विन्टल माछा नष्ट गरेको छ।

जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका ७ स्थित विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुत्रको संयुक्त टोलीले उक्त माछा नष्ट गरेको हो।

भारतबाट अवैध रुपमा भित्र्याइएको अढाई क्विन्टल माछा स्थानीय भद्रभलादमी रोहबरमा प्रहरी चौकीको हाताभित्रै खाल्डो खनेर नष्ट गरेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।

तस्करहरूले सस्तो मूल्यमा पर्ने भनेर बिभिन्न जातको भारतीय माछा जिल्लामा अवैध रुपमा भित्र्याएर बिक्री गर्ने गर्दछन्। नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले यहाँका दर्जन बढी तस्कर भारत आन्ध्र प्रदेशमा उत्पादित बचवा लगायत जातको माछा अवैध रुपमा भित्र्याउने गरेका थिए।

आन्ध्र प्रदेशबाट रौतहटसम्म ल्याउँदा दुई हप्तासम्म समय लाग्ने भएकाले तस्करहरूले उक्त माछा ल्याउन बिभिन्न प्रकारको खतरनाक केमिकलको प्रयोग गर्दछन्।

तस्करहरूले सीमा क्षेत्रका नेपाल प्रहरीका युनिटसँगै सशस्त्र प्रहरीलाई समेत प्रलोभनमा पारेर मानव स्वास्थ्यका लागि अतिनै हानिकारक भारतीय माछा रौतहट लगायत मधेश प्रदेशको प्रायः सबै जिल्लाहरूमा अवैध रुपमा ल्याएर बिक्री गर्दै आएका छन्।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठको पहलको स्थानीयले सराहना गरेका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १२ : ३३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा