चीनमा एक अपार्टमेन्टमा आगलागीमा हुँदा कम्तिमा १५ को मृत्यु | Khabarhub Khabarhub

चीनमा एक अपार्टमेन्टमा आगलागीमा हुँदा कम्तिमा १५ को मृत्यु


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पूर्वी चीनको नान्जिङमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

सो आगलागीमा परी दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

नान्जिङको युहुआताई जिल्लामा रहेको आगो आवासीय भवनको पहिलो तल्लाबाट सुरु भएको थियो, जहाँ विद्युतीय मोटर बाइकहरू राखिएको थियो, अधिकारीहरूले प्रारम्भिक अनुसन्धानको नतिजालाई उद्धृत गर्दै पत्रकार सम्मेलनमा भने।

बिहान करिब ६ बजे आगो नियन्त्रणमा लिइएको र हाल खोजी तथा उद्धार कार्य पूरा गरिएको अधिकारीहरूले बताएका छन्।

चिनियाँ सञ्चारमाध्यमका अनुसार  सो आगलागीमा परी घाइते भएका ४४ जनालाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको थियो । एक सुरक्षा, अधिकारीहरूका अनुसार ती मध्ये एकको अवस्था निकै गम्भीर रहेको छ ।

र, सो आगो निभाउन २५ वटा दमकल परिचालन गरिएको आपतकालीन सेवाले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १ : ०३ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको