इजरायलद्वारा चर्चित प्यालेस्टाइनी कमेडियनको घरमा आक्रमण « Khabarhub

इजरायलद्वारा चर्चित प्यालेस्टाइनी कमेडियनको घरमा आक्रमण


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

गाजा– गत शुक्रबार इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको थियो ।

यस आक्रमणमा एक प्रसिद्ध प्यालेस्टिनी हास्य कलाकारको घर ध्वस्त भएको थियो, जसमा कम्तिमा २३ जनाको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए। उक्त क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घटनाको जानकारी दिएको हो।

स्वास्थ्य मन्त्रालयले मध्य गाजाको देइर अल बालाह क्षेत्रमा महमूद जुएटरको परिवारको घर ध्वस्त भएको र आक्रमणमा मारिएका अधिकांश महिला र बालबालिका रहेको बताएको छ। आक्रमणमा घाइते भएका जुएटरका इन्स्टाग्राममा १२ लाखभन्दा बढी फलोअर्स छन् भने उनका भिडियोहरू युट्युबमा पनि व्यापक रूपमा हेरिन्छन् ।

सन २०१४ को सुरुमा बेल्जियमको मार्शल आर्टको प्यालेस्टिनी प्यारोडी र अभिनेता जीन क्लाउड भ्यान डम्मेको कारको विज्ञापन भाइरल भए पछि जुएटरसँग अन्तराष्ट्रिय मिडियाले अन्तर्वार्ता पनि लिएका थिए । विज्ञापनमा भान डम्मे दुईवटा चलिरहेको ट्रकमा हिँडिरहेको देखाइएको छ। जबकि गाजा संस्करणमा दुईवटा कार पेट्रोलको अभावमा धकेलिएको देखाइएको छ ।

शुक्रबारको आक्रमणपछि अनलाइन पोस्ट गरिएको भिडियोमा जुएटरले एक घाइते बालकलाई समातेको देखिन्छ। जुइटरको उमेर ३० वर्षको हाराहारीमा रहेको बताइएको छ । 

भिडियोमा जुएटरले भनेका छन्, ‘मैले भगवानसँग प्रार्थना गर्दै सबैलाई गाजा छाड्न कडाइका साथ मनाइरहेको थिएँ। कृपया मलाई गाजा छोड्न जबरजस्ती नगर्नुहोस् किनकि म गाजालाई माया गर्छु र त्यहाँका मानिसहरूलाई धेरै माया गर्छ, तर यहाँ यस्तो देखिन्छ कि उनीहरूले हामीलाई गाजा छोड् भन्ने चाहन्छन्, ।’ जुएटर भिडियोमा रोइरहेको देखिन्छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ३ : ०९ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड