न्याय नपाएसम्म घर नर्फकने लघुवित्त, मिटरब्याज र सहकारीपीडितको अडान « Khabarhub

न्याय नपाएसम्म घर नर्फकने लघुवित्त, मिटरब्याज र सहकारीपीडितको अडान


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लघुवित्त पीडित, मिटरब्याज पीडित र सहकारी पीडितहरूले सरकारले न्याय नदिएसम्म घर नर्फकने जनाएका छन् । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याज पीडितहरू लाखौंको सङ्ख्यामा रहेको र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् । मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले फुहरर विगत ३ वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । 

मिटरब्याज पीडितहरू लाखौंको सङ्ख्यामा रहेको र उनीहरूले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानविनका लागि बनेको आयोगको म्याद सकिएको उनले बताए । उनले सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, निषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने माग गरे। त्यसैगरी पीडकहरुले घटाएको हिंसा, हत्या, बलात्कारलगायतका घटनाहरू छानविन गरी उचित दण्ड सजायको ब्यवस्था गरिनुपर्ने उनको भनाइ छ । 

त्यस्तै मिटरब्याज पीडित शिलादेवी ठाकुरले आफूले पटक-पटक गरी तीन लाख ऋण लिएकोमा ३०औं लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताए । ऋण लिएको भन्दा साहुकारले चार गुणा बढाएर कागज गराएको र जति तिर्दा पनि नसकिएको उनले बताए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारी पीडितहरूको पक्षमा आफूहरूले ६३ दिन आन्दोलन गरेको उल्लेख गरे । आन्दोलनका क्रममै भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ प्रदर्शनस्थलमै आएपश्चात सात बुँदे सहमति भएको उनले बताए । 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ५ : १६ बजे

कोलम्बियामा सैन्य कारबाही : २० विद्रोहीको मृत्यु, पाँच पक्राउ

बोगोटा- कोलम्बियाको विद्रोही प्रभावित क्षेत्रमा सरकारी सेनाले गरेको हवाई कारबाहीमा २०

भोटेकोशी बाढी : ज्यान गुमाएका ४६ जनाको शव गोकर्ण जंगलमा मध्यराति गाडियो

काठमाडौं- रसुवास्थित भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीबाट ज्यान गुएमाकामध्ये

रसुवा बाढीमा निधन भएका विदेशीको शव हस्तान्तरणका लागि पूरा गर्नुपर्ने छ ९ चरण

काठमाडौं– यही भदौ १० गते बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली

प्रतिनिधिसभा बैठक बुधबार बस्दै

काठमाडौं– प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ः००

कांग्रेसले भन्यो : रसुवा बाढीबारे भ्रामक सूचना फैलिए, सदनबाट तथ्य सार्वजनिक गरियोस्

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि भ्रामक