तनहुँका १९ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने « Khabarhub

तनहुँका १९ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँका १९ हजारभन्दा बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले आगामी फागुन १५ गतेदेखि २७ गतेसम्म जिल्लाका १० वटै पालिकाका १९ हजार एक सय ३३ जना बालबालिकालाई खोप लगाउन लागेको हो ।

जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । पहिलो चरणमा फागुन १५ गतेदेखि १९ गतेसम्म व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा फागुन २२ गतेदेखि २७ गतेसम्म भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।

खोप अभियानका लागि जिल्लाका दुई सय ३८ खोप केन्द्रमा दुई सय ३८ स्वास्थ्यकर्मी, चार सय ६६ स्वयंसेवक र प्रत्येक पालिकामा एक जना चिकित्सक सहभागी हुने अधिकारीले बताए ।

समुदायमा दादुरा रुबेला रोगविरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्जेनिटल रुबेला सिण्ड्रमको सङ्ख्यामा उल्लेख कमी ल्याइ यसबाट हुने अपाङ्गता र मृत्युदरलाई शून्य अवस्थामा पु¥याउन अभियान सञ्चालन गर्न लागिएको हो ।

खोपको पहुँचबाट बाहिर रहेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक महिना संस्थागत खोप केन्द्र, साविकका गाविसको वडामा कम्तीमा तीनदेखि पाँच वटा केन्द्रबाट प्रत्येक महिना बाह्य खोपकेन्द्र, गाउँपालिका र नगरपालिकाको स्वास्थ्य संस्थाका पकड क्षेत्रभित्र रहेका पहुँचबाट टाढा भएका बस्ती, समुदाय र भौगोलिक क्षेत्रमा कम्तीमा वर्षको चार पटक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको छ ।

दादुरा र रुबेला दुवै रोग भाइरसबाट हुने र यसले महामारीको रुप लिन सक्ने भएकाले खोप लगाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । खोप अभियान सञ्चालनका लागि जिल्लामा स्वास्थ्यकर्मीलाई तालिम, जिल्लास्तरमा अभिमुखीकरण, सबै पालिकामा अभिमुखीकरण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।

कार्यालयले अभियानकै क्रममा सबै घरधुरीमा सन्देशमूलक कार्ड वितरण गर्ने भएको छ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सन्देशमूलक कार्ड वितरण गर्न लागिएको हो । “अझै पनि खोपबाट बालबालिका वञ्चित रहेकोले उनीहरुलाई खोपको पहुँचमा ल्याउन निमन्त्रणा कार्ड बाँड्ने तयारी गरेका छौँ”, अधिकारीले भने, “कार्ड वितरणपछि छुटेका बालबालिका खोपको पहुँचमा आउने विश्वास गरिएको छ ।”

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : २८ बजे

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि