सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : नेता पौडेल « Khabarhub

सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : नेता पौडेल


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन प्रवद्धनका लागि सञ्चारमाध्यमले कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ । सत्य तथ्य बाहिर ल्याइ पाठकलाई सही जानकारी दिनेमा सञ्चारमाध्यम प्रतिबद्ध हुनुपर्छ ।”

सबै कुरा प्राप्त भएर पनि सुशासन प्राप्त भएन भने त्यसको कुनै अर्थ नरहने भन्दै उनले आमनागरिकको चाहना सुशासन भएको उल्लेख गरे । मुलुकमा सुशासन कायम हुन नसक्दा विदेश पलायन हुनेहरुको सङ्ख्या बढिरहेको बताए।

नेपाली कांग्रेसका नेता एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इञ्जिनियर दीपकबाबु कँडेलले मुलुकको विकासका लागि सञ्चारमाध्यमको ठूलो भूमिका रहेको बताए । उनले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य एवं पर्यटन व्यवसायी डा रामशरण थपलियाले बिग्रँदै गएको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेकपा (एमाले) गोरखाका नेता मोहन भट्टराईले राजनीतिक परिवर्तनमा सञ्चारमाध्यमको भूमिका सराहनीय रहेको बताए । नेपाली कांग्रेसका नेता एवं शिक्षाविद् युवराज बस्ताकोटीले सकारात्मक समाचार सम्प्रेषणका लागि नेपाली सञ्चारमाध्यम लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ९ : १४ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ