सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : नेता पौडेल | Khabarhub Khabarhub

सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : नेता पौडेल


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन प्रवद्धनका लागि सञ्चारमाध्यमले कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ । सत्य तथ्य बाहिर ल्याइ पाठकलाई सही जानकारी दिनेमा सञ्चारमाध्यम प्रतिबद्ध हुनुपर्छ ।”

सबै कुरा प्राप्त भएर पनि सुशासन प्राप्त भएन भने त्यसको कुनै अर्थ नरहने भन्दै उनले आमनागरिकको चाहना सुशासन भएको उल्लेख गरे । मुलुकमा सुशासन कायम हुन नसक्दा विदेश पलायन हुनेहरुको सङ्ख्या बढिरहेको बताए।

नेपाली कांग्रेसका नेता एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इञ्जिनियर दीपकबाबु कँडेलले मुलुकको विकासका लागि सञ्चारमाध्यमको ठूलो भूमिका रहेको बताए । उनले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य एवं पर्यटन व्यवसायी डा रामशरण थपलियाले बिग्रँदै गएको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेकपा (एमाले) गोरखाका नेता मोहन भट्टराईले राजनीतिक परिवर्तनमा सञ्चारमाध्यमको भूमिका सराहनीय रहेको बताए । नेपाली कांग्रेसका नेता एवं शिक्षाविद् युवराज बस्ताकोटीले सकारात्मक समाचार सम्प्रेषणका लागि नेपाली सञ्चारमाध्यम लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ९ : १४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि