अहिलेको शिक्षा प्रणालीमा सुधार आवश्यक छ : माधव नेपाल « Khabarhub

अहिलेको शिक्षा प्रणालीमा सुधार आवश्यक छ : माधव नेपाल


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षा नैतिकतायुक्त, व्यावसायिक, सीपमूलक र विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको हुनुपर्ने बताएका छन् ।

द सनसाइन स्कुलको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले विद्यमान शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै नैतिक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राखे ।

समाजको चरित्र निर्माण र समग्र मुलुकको विकासका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रमा सुधार अपरिहार्य रहेको उनको भनाइ छ । त्यस्तै शिक्षा क्षेत्रलाई प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रका रुपमा मात्र राख्ने नभई समग्र मुलुकको जिम्मेवारीका रुपमा बुझ्नुपर्नेमा उनको जोड थियो । संविधानमा प्रत्याभूत गरिएका मौलिक हक कार्यान्वयनका सन्दर्भमा सबै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने उनले बताए ।

“नैतिक शिक्षा र सिर्जनात्मक कार्यले योग्य जनशक्ति निर्माणमा सहयोग गर्छ । शिक्षा क्षेत्रबाटै समाज रुपान्तरण सम्भव छ । गुणस्तरीय, सीपमूलक र नैतिक शिक्षाका लागि पाठ्यक्रम, विद्यालय र कक्षाकोठा मात्र नभई अविभावक पनि जिम्मेवार हुनुपर्छ”, उनले भने। पुर्खाको योगदानलाई पछिल्लो पुस्ताले बिर्सन नहुने उनको भनाइ थियो ।

सो अवसरमा विद्यालयले संस्कृतिविद् डा जगमान गुरुङलाई सम्मान गरेको छ । साथै, विद्यालयले विज्ञान र कला प्रदर्शनी तथा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । विद्यालयका प्रधानाध्यापक बाबुराम गौतमले वार्षिक कार्यविवरण र आगामी योजना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ९ : २३ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक