कल बाइपास सञ्चालन गर्ने दुई पक्राउ « Khabarhub

कल बाइपास सञ्चालन गर्ने दुई पक्राउ


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ घर भई कास्की पोखरा महानगरपालिका-११ बस्ने ३७ वर्षीय विशाल साह कलवार र रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-४ घर भई पोखरा महानगरपालिका–११ फुलवारी बस्ने २७ वर्षीय ईमरान अहमद खान रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका-११ सिद्धेश्वरमार्गस्थित कोठामा कल बाइपास गरिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट भिओआइपी गेटवे ६४ पोर्टको दुई थान, वाइफाई राउटर एक थान, युपिएस एक थान, एनसेलको सिम पाँच सय ९७ थान, पेनड्राइभ एक थान, मोबाइल दुई थानलगायतका उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १० : ५० बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन