कल बाइपास सञ्चालन गर्ने दुई पक्राउ « Khabarhub

कल बाइपास सञ्चालन गर्ने दुई पक्राउ


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ घर भई कास्की पोखरा महानगरपालिका-११ बस्ने ३७ वर्षीय विशाल साह कलवार र रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-४ घर भई पोखरा महानगरपालिका–११ फुलवारी बस्ने २७ वर्षीय ईमरान अहमद खान रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका-११ सिद्धेश्वरमार्गस्थित कोठामा कल बाइपास गरिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट भिओआइपी गेटवे ६४ पोर्टको दुई थान, वाइफाई राउटर एक थान, युपिएस एक थान, एनसेलको सिम पाँच सय ९७ थान, पेनड्राइभ एक थान, मोबाइल दुई थानलगायतका उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १० : ५० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम