आइपिएलमा कोलकाताको विजयी सुरुवात : हैदवादमाथि रोमाञ्चक जित « Khabarhub

आइपिएलमा कोलकाताको विजयी सुरुवात : हैदवादमाथि रोमाञ्चक जित


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि रोमाञ्चक जित निकालेको छ।

टस जितेर कोलकातालाई ब्याटिङको निम्तो दिएको हैदरावाद चार रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको कोलकाताले सात विकेटको क्षतिमा २०८ रन बनाएको थियो। २०८ रनको चुनौतीका लागि कोलकाताका दुई ब्याट्सम्यानले अर्धशतक बनाए।

फिल साल्टले ४० बलमा ५४ रन बनाए भने आन्द्रे रसेल २५ बलमा ६४ रन बनाउँदै नटआउट रहे। उनले चाँडै अर्धशतक पूरा गर्न सात वटा छक्का प्रहार गरेका थिए।

चुनौतीपूर्ण लक्ष्य पछ्याएको हैदरावाद पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा २०४ रनमा समेटिएको हो। हैदरावादका लागि हेनरिक क्लासेनले ६३ रनको अर्धशतकीय इंनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन।

आईपिएलको उद्घाटन खेलमा शुक्रबार चेन्नईले विजयी सुरुवात गरेको थियो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो। शनिबारको पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो।

आइपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो ४ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच हुनेछ । दोस्रो खेलमा राति ८ बजे गुजरात टाइनेन्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ६ : २२ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान