एमाले सचिवालय बैठक बस्दै, उपनिर्वाचनका लागि उम्मेदवारबारे छलफल हुने « Khabarhub

एमाले सचिवालय बैठक बस्दै, उपनिर्वाचनका लागि उम्मेदवारबारे छलफल हुने


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।

बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद बैठकको तयारी तथा वैशाख १५ गते हुने उपनिर्वाचनलगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ।

इलाम-२ का लागि एमालेबाट ६ जनाको नाम सिफारिस भएर आएको छ भने बझाङ-१ मा तीन जनाको नाम सिफारिस छ। यी नामहरूमाथि आजको बैठकमा छलफल हुनेछ ।

यस्तै, नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए पछिको भिन्न परिस्थितिका बारेमा बैठकमा छलफल हुने जनाइएको छ।

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : ५६ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा