कांग्रेसले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय जना लाभान्वित « Khabarhub

कांग्रेसले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय जना लाभान्वित


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा सात सय ७० महिला र सात सय १० पुरुषको स्वास्थ्य परीक्षण गरिएको हो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार शिविरमा दुई सय ९८ जनाले भिडियो एक्स–रे सेवा, दुई सय ५३ जनाले इसिजी सेवा, ९५ जनाले भिआइए सेवा लिएका छन् ।

त्यसैगरी पाँच सय ७५ जनाले आँखाको परीक्षण गराएका छन् । तीमध्ये एक सय जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो । आठ सय जनाको मधुमेह तथा उच्च रक्तचापको परीक्षण गरिएको थियो ।

शिविरमा १० लाखबराबरको निःशुल्क औषधि पनि वितरण गरिएको छ । शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, आँखा जाँच, दन्तरोग, पाठेघरको मुखको परीक्षण, बालरोग, नशा, हाडजोर्नी, शल्यचिकित्सा, नाक, कान तथा घाँटी, मुटुरोग र छाला तथा यौनरोगसम्बन्धी सेवा प्रदान गरिएको थियोे ।

नेपाली कांग्रेस चितवनले पार्टीका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसका अवसरमा समुदायमा कांग्रेस अभियानअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको कार्यक्रमका संयोजक दिनेश अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : ०३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव