पर्यटनमन्त्रीद्धारा कोषका पदाधिकारी र बोर्डसँग छलफल, गुरुयोजना पूरा गर्न निर्देशन « Khabarhub

पर्यटनमन्त्रीद्धारा कोषका पदाधिकारी र बोर्डसँग छलफल, गुरुयोजना पूरा गर्न निर्देशन


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भैरहवा– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी विकास कोषका बारेमा जानकारी लिएका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गैरआवासिय र वाणिज्य दूतहरूको लुम्बिनी सम्मेलनका सन्दर्भमा लुम्बिनी भएका उनले शनिबार कोषका पछिल्ला गतिविधि र अवस्थाबारे जानकारी लिएका हुन् ।

उक्त अवसरमा मन्त्री तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन नभएकोमा सर्वत्र आलोचना भइरहेको बताउँदै यसलाई कार्यान्वयन गर्न निर्देशन दिए । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफूले पहल गर्ने बताए ।

मन्त्री तामाङले गुरुयोजना विपरीत संरचना बनेको, यूनेस्कोको असहमति रहेका जस्ता विषयहरू आइरहेकाले यस बारेमा आफ्नो ध्यानाकर्षण भएको बताए । लुम्बिनी विकास क्षेत्रको विकासका लागि उपाध्यक्ष सहितको टिमसँग मिलेर काम गर्न तयार रहेको उनले बताए । उनले टिमवर्कले मात्रै नतिजा निकाल्न सकिने भन्दै यसतर्फ ध्यान दिन समेत आग्रह गरे । उनले लुम्बिनी विश्वका एक अर्ब बौद्ध समुदायको आस्थाको केन्द्र भएकाले पर्यटनमैत्री व्यवहारका लागि आफू लागि पर्ने बताए ।

बिफ्रिङमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले लुम्बिनीमा आफू आएपछि केही सुधारका कामहरू भइरहेको बताउँदै गुरुयोजनाका बाँकी काम पूरा गर्नका लागि पर्याप्त बजेटका लागि पहल गर्नुपर्ने बताए ।

मन्त्रीसँगको छलफलमा सदस्य सचिव सानुराजा शाक्यले कोषका हालसम्मका गतिविधि र यसको कार्यक्षेत्र लगायतका विषयमा जानकारी दिएका थिए । छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, श्याम रोक्का, विश्वराज पौडेल, योजना प्रमुख स्मिता भट्ट, परिषद् सदस्य गोपीकृष्ण शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : १२ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित