म्याग्दीमा क्षयरोगका बिरामी पहिचान गर्न चुनौती | Khabarhub Khabarhub

म्याग्दीमा क्षयरोगका बिरामी पहिचान गर्न चुनौती


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीका क्षयरोगी पहिचान गर्नै चुनौती देखिएको छ । बिरामी आफैँ स्वास्थ्य संस्थामा नआउने, समुदाय स्तरमा क्षयरोग परीक्षण गर्ने कार्यक्रम अभाव, पहिचान भएकाले नियमित औषधि सेवन नगर्नेलगायत कारणले क्षयरोग निवारणमा चुनौती बनेको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले क्षयरोग नियमित औषधि सेवन गरेमा निको हुने सरुवा रोग भएकामा देवीदेवताका कारण भएको मानेर हेलचक्र्याइँ गर्नाले मानिसको ज्यान लिने तथा धेरैलाई सर्ने गरेको बताए ।

‘स्थानीय तहहरूले क्षयरोगमुक्त पालिका बनाउन समुदाय स्तरमा पुगेर बिरामीको पहिचान र नियमित औषधि उपचारको व्यवस्था मिलाउने कार्यक्रम बनाउनुपर्छ,’ उनले भने, ‘क्षयरोग परीक्षण गर्ने प्रयोगशाला र जनशक्ति सीमित हुँदा परीक्षणको दायरा बढाउन सकिएको छैन ।’

लगातार दुई हप्ता भन्दा बढी समय सुख्खा खोकी लाग्ने, साँझपख ज्वरो आउने जस्ता लक्षण भएमा क्षयरोग परीक्षण गराउन बेनी अस्पतालका चिकित्सक अनुषा मानन्धरले अनुरोध गरिन्  । उनका अनुसार स्वास्थ्यकर्मीको निगरानीमा छ महिनादेखि १३ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ ।

जिल्लामा चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २४ जना नयाँ क्षयरोगी पहिचान भएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए । उनका अनुसार बेनी नगरपालिकामा १२, मालिका गाउँपालिकामा चार, धवलागिरि, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा दुई/दुई जना क्षयरोगी भेटिएका हुन् ।

गत आवमा बेनीमा २८, अन्नपूर्णमा आठ, रघुगङ्गामा पाँच, धवलागिरिमा छ, मालिकामा आठ र मङ्गला गाउँपालिकामा पाँच जना क्षयरोगी भेटिएका थिए । आव २०७८र७९ मा जिल्लाभर ५८ जना क्षयरोगी भेटिएका थिए ।

‘म्याग्दीको जनसङ्ख्याको अनुपातमा वार्षिक दुई सय ४९ जना क्षयरोगीका बिरामी पहिचान हुनुपर्नेमा लक्ष्य भन्दा कम भेटिएका छन्,’ सुवेदीले भने, ‘यहाँका बिरामी उपचारका लागि बाहिर जिल्लामा गएर रोग पहिचान भएको पनि अवस्था छ ।’ म्याग्दीमा क्षयरोगीको उपचारको सफलता दर भने उच्च छ । गत आर्थिक वर्षमा ९६.०६ प्रतिशत उपचार सफल भएको उनले जानकारी दिए ।

बेनी अस्पताल, भुरुङ तातोपानी स्वास्थ्य चौकी र दरवाङ आधारभूत अस्पतालको प्रयोगशालामा मात्र क्षयरोग परीक्षण हुन्छ । भुरुङ तातोपानी र दरवाङको प्रयोगशालामा नियमित स्वास्थ्यकर्मी नहुँदा बेनीकै प्रयोगशालामा खकार परीक्षण गर्न ल्याउने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ठकुराठीले बताए ।

क्षयरोग निवारणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर समुदाय स्तरमा जनचेतना अभिवृद्धि, परीक्षण र उपचारमा पहुँच बढाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : २९ बजे

शून्य समयमा समसामयिक विषय : पाकिस्तानमा रहेका नेपालीको रक्षा गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको

बृहत्तर बराहक्षेत्र विकास समितिको ४ निर्णय, कार्यकारी निर्देशकको नियुक्ति अन्योल

काठमाडौं – कोशी प्रदेश सरकारको ३९औं मन्त्रीपरिषदको निर्णयअनुसार बृहत्तर बराहक्षेत्र

आईपीएल स्थगित

काठमाडौं- यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ

पाकिस्तानसँग तनाव बढ्दै जाँदा भारतका २४ विमानस्थलमा उडान स्थगित

काठमाडौं- भारतले पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू

भारतले पाकिस्तानमाथि आतंकवादविरुद्ध गरेको आक्रमण ‘जायज’ : कांग्रेस

 काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले कश्मिरको पहलगाममा भएको आतंककारी हमलापछि