फेरिएको काठमाडौं : त्यो लोला आतंक, यो ‘ह्याप्पी होली’ « Khabarhub

फेरिएको काठमाडौं : त्यो लोला आतंक, यो ‘ह्याप्पी होली’



एसएलसी सकेर कलेज पढ्न म ०६७ सालमा काठमाडौं आएँ । कलेज भर्नासँगै सानो जागिर पनि थियो ।

होली अर्थात् फागु नेपालीहरुको रमाइलो र विशिष्ट पर्व हो । गाउँमा पनि यो पर्व मनाइएकै हो । रंगीन पर्वका रुपमा पुराना मनमुटाव र दुश्मनी बिर्सिएर एक आपसमा सद्भाव साट्दै होली मनाउनुपर्छ भन्ने बुझिएको थियो । तर, ०६७ सालको काठमाडौंको होली देख्दा मलाई अचम्मै लाग्यो ।

होली आउनुभन्दा एक साता अगावै बाटो हिँडिरहेका बेला छतबाट कसैले बेलुनमा पानी भरेर लोला हान्यो । लुगा जम्मै भिज्यो । यो के रहेछ भनेर बुझ्दा होली खेलेको रे । जबकि फागु पूर्णिमा आएकै थिएन ।

एक साता अगाडिदेखि काठमाडौंका गल्लीमा युवतीहरुमाथि जबरजस्ती लोला हान्न सुरु हुन्थ्यो । होली नआउँदै घरबाट बाहिर निस्कने केटीहरु लोला प्रहारको शिकार बन्थे । छलबाट बाल्टीले पानी खन्याइदिने चलनसमेत थियो ।

बाटामा भेटिने आवारा केटाहरुको सामना गर्नुपर्रथ्यो । धेरैजसो गाजाँको नसामा हुन्थे । ‘बुरा नमानो आज होली है’ भन्ने हिन्दी उखान काठमाडौंमा पनि प्रचलित थियो । केटाहरु जानी–जानी दुर्वव्यवहार गर्थे । अञ्जान बाटोमा हिँडेकाहरुलाई पनि पानी छ्याप्न छुट थियो काठमाडौंमा । त्यो छुट पर्वको आडमा करिब दुई हप्तासम्म अपराधिक मानसिकता भएकाहरुले भरपुर दुरुपयोग गर्थे ।

त्यो बेलाको होली सम्झँदा आङ सिरिङ्ग हुन्छ । काममा निस्किएकी केटीलाई अण्डाले हिर्काउने, कालो मोबिल दल्ने, फोहोर पानी छ्याप्नेसमेत गर्थे । होली खेल्दिनँ भन्नेहरुलाई पनि जबरजस्ती दुःख दिने प्रवृत्ति थियो । प्रहरी देखेको नदेख्यै गथ्र्यो, मानौं–एक सातादेखि काठमाडौंमा महिलामाथि आक्रमण गर्न छुट छ ।

होलीमा केटीहरुलाई मात्रै सास्ती थिएन । खासगरी प्रहरीले युवाहरुमाथि बिचार नै नपुर्‍याई बल प्रयोग गर्थ्यो र दुःख दिन्थ्यो ।

म बसेको डेरामा तनहुँका दुई दाजुभाइ भाडामा बस्थे । दाजु पढाइ र जागिर गर्थे । भाइ पढ्दै थिए । उनीहरु केटीले जिस्काए भने पनि नजिस्कने स्वभावका थिए । दुबै दाजुभाइ वास्तवमै सोेझा र इमान्दार थिए ।

उनीहरु होली नखेले पनि, अरुले खेलेको हेर्न भनेर चोकमा निस्किए । तत्कालै उनीहरुलाई प्रहरीले समातेर भ्यानमा हाल्यो । हामीले कसैलाई लोला हानेको छैन भन्दा पनि प्रहरीले सुनेन ।

होलीमा होहल्ला गर्ने र अराजकता फैलाउनेहरुलाई पक्राउ गर्ने क्रममा तनहुँका सोझा दाजुभाइ परिबन्दमा परे । प्रहरीले उनीहरुलाई एकरात खोरमा राख्यो र एक हप्ता उठ्न नसक्ने गरी पिटेर पठायो ।

प्रहरीले छोड्ने बेलामा पनि कान समातेर उठबस गर्न लगाएछन् । दुई हात जोडेर अब आइन्दा कसैलाई जर्बजस्ती लोला नहान्ने कसम खुवाएर छोडिदिएछन् । तथापि उनीहरु लोला हानेका कारण समातिएकै होइनन् ।

कुनै गल्ती नगरेका दाजुभाइले सजाय पाए । शायद, बदनाम गल्लीमा सोझो पनि बदनाम हुन्छ भनेको यही होला । धेरै दिनसम्म ती दाजुभाइ कोठाबाट बाहिर निस्किएनन् ।

सुध्रिएको काठमाडौं !

करिब १४ वर्षको अन्तरालमा काठमाडौंको होलीको तरिका फेरिएको छ । बाटोमा केटाकेटी, युवायुवती मस्तसँग होली मनाइरहेका छन् । महिलाले अन्याय सहनुपरेको छैन । आफू–आफूसँगै रमाएर होली खेलिरहेका छन् । हातभरि रंग र लोला लिएर बसेकाहरुले पनि बाटो हिँड्ने अपरिचितलाई छोएका छैनन् । पछिल्लो केही वर्षयता काठमाडौंको होली निकै सभ्य बन्दै गएको छ ।

होलीको दिनमा घर बाहिर निस्कन दश पटक सोच्न पर्ने स्थिति थियो । तर अहिले कुनै संकोचविना निस्कन सकिन्छ । होलीकै दिन पनि बाटो हिँड्नेलाई कसैले अवरोध गर्दैन । मानिसहरु साथीभाइ र परिवार मिलेर होली खेल्छन् । कसैले कसैलाई जबरजस्ती व्यवहार गरेको देखिँदैन ।

सुरक्षाको हिसाबले प्रहरी चोक–चोकमै तैनाथ छन् । जर्बजस्ती गरेको पाइएमा प्रहरीले समातिहाल्छ । प्रहरीले मापसे पनि चेक गरिरहेको छ । आखिर नियम पालनाको त कुरा रहेछ ।

होलीलाई सभ्य र भव्य बनाउने काठमाडौंको युवा पुस्ता अनि नेपाल प्रहरीलाई समेत धेरै–धेरै धन्यवाद ।

अझै पनि होलीका दिन मदिरा खाएर सवारी चलाउने, अभद्र व्यवहार गर्ने र झगडा गर्नेहरु कतिपयलाई प्रहरीले समातेका खबर आउन छाडेका छैनन्।

आगामी दिनमा काठमाडौंको होली यस्तो होस्, एकजना पनि समातिएको खबर सुन्नु नपरोस् । ह्याप्पी होली !

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : ५४ बजे

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ।

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन