सडकमा पोखिएको बिन्दास पुस्ता (१६ तस्बिर) « Khabarhub

सडकमा पोखिएको बिन्दास पुस्ता (१६ तस्बिर)


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


19.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  ‘होली’ भन्नेवित्तिकै दुई-चार दिन घरको छत वा साँघुरो गल्लीमा लुकेर युवतीलाई पानी खन्याउनुपर्छ भन्ने परपीडक सोच भएका पुरुषहरु अहिले शायद ४०/५० वर्षका भए होलान् । शायद तिनीहरु सडकको पेटीबाट हेरिरहेका होलान्– होलीलाई  नयाँ पुस्ताले कसरी उल्लासमय बनाएको छ ? बूढोपुस्ता पेटीमा पुगेको छ, सडकमा नयाँ पुस्ता छ ।

हिजोका दिनमा काठमाडौंमा होली त्राशदी बनेर आउँथ्यो, आज उल्लास बोकेर आएको छ । होलीलाई यस्तो उल्लासमय बनाउने अहम भूमिका  अरु कसैले नभएर नयाँ युगका किशोर–किशोरीले खेलेका हुन् ।

यो पुस्ता कति बिन्दास छ भन्ने तथ्य फागु पूर्णिमाका दिन काठमाडौंका सडकमा पोखिएको उनीहरुको खुशियालीबाट सहजै मापन गर्न सकिन्छ ।

काठमाडौंको किशोरपुस्ता फेसनमा मात्र होइन, सभ्यतामा पनि पुरानो पुस्ताभन्दा स्मार्ट देखिएको छ । अरुलाई चोट नपुर्‍याई खुशियाली मनाउन सकिन्छ भन्ने कुरामा यो पुस्ता सचेत छ ।

आइतबार बसन्तपुर, दरबारमार्ग, बानेश्वर लगायतका स्थानमा भएका कन्सर्ट एव‌ं मनोरञ्जनात्मक गतिविधिहरुमा झुमेको किशोर पुस्ता देख्दा उनीहरु कति बिन्दास र उदात्त छन् भन्ने प्रष्ट हुन्थ्यो ।

विगतमा सडकमा हिँड्दा अनेकन हिंसाजन्य व्यवहार खेप्नुपर्ने काठमाडौंका किशोरीहरुले पछिल्लो समय आफूलाई स्वतन्त्र र सुरक्षित महसुस गर्न थालेका छन् । उनीहरुको लवाइ–खवाइ र हिँडडुलमा विगतको जस्तो संकुचन र छेकबार देखिँदैन ।

यो पनि-
फेरिएको काठमाडौं : त्यो लोला आतंक, यो ‘ह्याप्पी होली’

बसन्तपुरमा बेग्लै संसार (फोटो फिचर)

काठमाडौंका सडकमा पोखिएको बिन्दास युवा पुस्ताका केही दृश्यहरु-

तस्बिरहरु :  चिरायु शाक्य/खबरहब

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ५ : ४८ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित