सडकमा पोखिएको बिन्दास पुस्ता (१६ तस्बिर) | Khabarhub Khabarhub

सडकमा पोखिएको बिन्दास पुस्ता (१६ तस्बिर)


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


19.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  ‘होली’ भन्नेवित्तिकै दुई-चार दिन घरको छत वा साँघुरो गल्लीमा लुकेर युवतीलाई पानी खन्याउनुपर्छ भन्ने परपीडक सोच भएका पुरुषहरु अहिले शायद ४०/५० वर्षका भए होलान् । शायद तिनीहरु सडकको पेटीबाट हेरिरहेका होलान्– होलीलाई  नयाँ पुस्ताले कसरी उल्लासमय बनाएको छ ? बूढोपुस्ता पेटीमा पुगेको छ, सडकमा नयाँ पुस्ता छ ।

हिजोका दिनमा काठमाडौंमा होली त्राशदी बनेर आउँथ्यो, आज उल्लास बोकेर आएको छ । होलीलाई यस्तो उल्लासमय बनाउने अहम भूमिका  अरु कसैले नभएर नयाँ युगका किशोर–किशोरीले खेलेका हुन् ।

यो पुस्ता कति बिन्दास छ भन्ने तथ्य फागु पूर्णिमाका दिन काठमाडौंका सडकमा पोखिएको उनीहरुको खुशियालीबाट सहजै मापन गर्न सकिन्छ ।

काठमाडौंको किशोरपुस्ता फेसनमा मात्र होइन, सभ्यतामा पनि पुरानो पुस्ताभन्दा स्मार्ट देखिएको छ । अरुलाई चोट नपुर्‍याई खुशियाली मनाउन सकिन्छ भन्ने कुरामा यो पुस्ता सचेत छ ।

आइतबार बसन्तपुर, दरबारमार्ग, बानेश्वर लगायतका स्थानमा भएका कन्सर्ट एव‌ं मनोरञ्जनात्मक गतिविधिहरुमा झुमेको किशोर पुस्ता देख्दा उनीहरु कति बिन्दास र उदात्त छन् भन्ने प्रष्ट हुन्थ्यो ।

विगतमा सडकमा हिँड्दा अनेकन हिंसाजन्य व्यवहार खेप्नुपर्ने काठमाडौंका किशोरीहरुले पछिल्लो समय आफूलाई स्वतन्त्र र सुरक्षित महसुस गर्न थालेका छन् । उनीहरुको लवाइ–खवाइ र हिँडडुलमा विगतको जस्तो संकुचन र छेकबार देखिँदैन ।

यो पनि-
फेरिएको काठमाडौं : त्यो लोला आतंक, यो ‘ह्याप्पी होली’

बसन्तपुरमा बेग्लै संसार (फोटो फिचर)

काठमाडौंका सडकमा पोखिएको बिन्दास युवा पुस्ताका केही दृश्यहरु-

तस्बिरहरु :  चिरायु शाक्य/खबरहब

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ५ : ४८ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको