विश्व क्षयरोग दिवस : उपचारको दायरामा आउने न्यून | Khabarhub Khabarhub

विश्व क्षयरोग दिवस : उपचारको दायरामा आउने न्यून


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएको देखिन्छ । यसै गरी क्षयरोगकै कारण वर्षेनी १८ हजारको मृत्यु हुने तथ्याङ्कले देखाउँछ ।

क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ ।

केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भने, ‘क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्ध वृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।’

हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोग विरुद्धको औषधि निःशुल्क उपलब्ध छन् । क्षयरोगको जोखिममा कुपोषण भएका, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादक पदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन् ।

उनले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमशः : सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने बताए । नेपालले सन् २०५० सम्ममा क्षयरोगमुक्त  बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ५ : ३६ बजे

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले