यसरी मनाइन्छ मौलिक फागु   | Khabarhub Khabarhub

यसरी मनाइन्छ मौलिक फागु  


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

पाल्पा– ऐतिहासिक परम्परा अनुसार पाल्पाका कतिपय स्थानमा फागु पर्व मनाइन्छ । पाल्पा, माडी, लालपाटी, चिडिपानी, रिब्दीकोट, भैरवस्थान, ख्याहा, देउराली, रैनादेवी छहरा, सोमाडी सरदेवमा, मौलिक फागु लगायतका ऐतिहासिक स्थानमा पर्व मनाइन्छ ।

परम्पराअनुसार बागनासाकली–२ स्थानीय भेलामा रातो पतिमा रङमा रंगेर मनाउने चलन छ । स्थानीय बासिन्दाबीच आपसी सद्भाव बढाउन यस वर्ष पहिलो साँस्कृतिक कार्यक्रम आयोजना गरिने स्थानीयवासी दीपेन्द्र ढकालले बताए । लालपतिमा होलीको दिन विभिन्न क्षेत्रका आफन्त र साथीभाइलाई भेटेर रमाइलो गर्ने, व्यापार गर्ने र रङ लगाउने चलन जारी छ ।

माथगढी नगरपालिकाका वडा अध्यक्ष राजकुमार पन्थिलेले चिडिपानिमा परम्परागत मौलिक फागु नाच तोलतोल्मा देखाएका थिए ।

चिडिपानिमा परम्परा अनुसार प्रचलित फागु नाच होलीको रमाइलो मेला हो । चाडपर्वमा फागु पर्वको मौलिकता हराउँदै गएको र आयातित संस्कृति हाबी हुँदै गएको भन्दै फागुको मौलिक संस्कृतिलाई जगाउन विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
युवा पाठकहरूले फागुकोका मौलिक गीत र प्रचलनहरू बारे जानकारी सङ्कलन गरिरहेका छन् ।

पाल्पाकाई तानसेन नगरपालिकाको अर्चले, नारायणडाँडा, चण्डीभञ्ज्याङलगायत स्थानमा पानी टेम्को, ढोलक, खैजादी, मजुरा आदि बजाएर फागु नाच्ने गरिन्छ । पाल्पाको रामपुर नगरपालिका, पूर्वखोला नगरपालिकाका केही स्थानमा फागु पूर्णिमाको चार–पाँच दिनअघि परम्परागत बाजा बजाएर फागु बजाउने चलन छ ।

तस्बिरहरु…

 

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ६ : ५१ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित