लागूऔषधसहित ३ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ३ जना पक्राउ


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

भैरहवा। रुपन्देही प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ रामनगर स्थितमा लागूऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त प्रहरी टोलीले लागूऔषध सहित पक्राउ गरेको हो।

टोलीले निगरानी गर्दै चेकजाँच गरी ब्राउनसुगर खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ सहित रोहिणी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष १९ को अनरजित यादव, वर्ष १९ कै आशिष धोवी र सिद्धार्थनगरपालिका वडा नम्बर १ वस्ने वर्ष २९ को सहदेव हरिजन लाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ तौल गर्दा ७५ ग्राम ४१० मिलिग्राम, लु ४ ८ प ८८७ नम्वरको मोटरसाईकल र ३ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए।

आइतबार उनीहरूलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश गरी ७ म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उनले बताए। लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कासूरको मात्रा हेरी १० बर्ष देखी १५ वर्षसम्म कैद र ७५ हजार देखी २ लाखसम्म जरीवाना हुने कानुनी व्यवस्था छ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : ०२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।