आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार सन् २०२४ अप्रिल २४ तारिख। चैत शुक्ल पक्षको पूर्णिमा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : रमाइलो यात्राको योग छ । साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ। एउटै कामबाट दोहोरो लाभ प्राप्त हुनेछ। प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ।

कर्कट : स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्नेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुखमय रहनेछ।

सिंह : आर्थिक अवस्था सुधार हुनेछ। सहयोग गर्ने साथी धेरै छन्। आदर्श व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। रोकिएको काम बन्नेछ। साथीभाइसँगको भेट रमाइलो र फलदायी हुनेछ। लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : व्यापारमा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। कर्म क्षेत्रमा सन्तुष्टि प्राप्त हुनेछ। परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सामान्य छ। लगानीको क्षेत्रमा जोखिम हुनसक्छ। यात्रा गर्दा सचेत हुनुपर्नेछ। काममा अवरोध सिर्जना हुनसक्छ। परिवारसँगको सम्बन्ध भने राम्रो रहने छ।

धनु : समय सामान्य छ। आर्थिक कारोबारमा बाधा हुनसक्छ। एकोहोरो मायाका कारण पीडा हुनेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ।

मकर : परिवारमा नयाँ सदस्यको आगमन हुने दिन छ। मन धार्मिक क्षेत्रमा जानेछ। सञ्चित धन खर्च हुने योग छ। परिवारसँगको सम्बन्ध सामान्य रहनेछ।

कुम्भ : आर्थिक लाभ हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। समाजले सम्मान गर्ने योग छ। रमाइलो यात्राको योग रहेको छ।

मीन : यात्रामा जोखिम देखिन्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। व्यापारमा सचेत नभए जोखिम हुनसक्छ। ठुलो खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा विरोधका स्वर सुन्नुपर्नेछ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : ०८ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र