स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित « Khabarhub

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित निकालेको छ।

एमए चिदम्बरम स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २११ रनको लक्ष्य लखनउले ३ बल बाँकी हुँदा चार विकेटको क्षतिमा २१३ रन बनाएर पूरा गरेको हो।

लखनउको जितका लागि मार्कस स्टोनिसले नटआउट शतकीय पारी खेले। उनले ६३ बलको सामना गर्दा १३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक १२४ रन बनाएका हुन्। लखनउका लागि निकोलस पुरन ३४, कप्तान केएल राहुल १६ र देवदत्त पडिक्कल १३ रनम आउट हुँदा दीपक हुड्डा १७ रनमा नटआउट रहे।

शतक प्रहार गरेपछि मार्कस स्टोनिस । तस्बिर : क्रिकइन्फो

चेन्नईका माथिशा पाथिरानाले दुई विकेट हात पार्दा दीपक चाहर र मुस्तिफिजुर रहमानले एकएक विकेट मात्र लिए।

पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ‌ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो। लाखनउविरुद्ध चेन्नईका कप्तान ऋतुराज गायकवाडले बनाएको शतक खेर गयो। उनले नटआउट सर्वाधिक १०८ रन बनाएका थिए। ६० बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गर्दै यो सिजनकै शानदार प्रदर्शन गरेका थिए।

चेन्नईका लागि शिवम दुबे ६६, रविन्द्र जडेजा १७ र डेरिल मिचेल ११ रनमा आउट हुँदा एक बल खेलेका महेन्द्रसिंह धोनी ४ रनमा नटआउट रहे।


शतक प्रहार गरेपछि चेन्नईका कप्तान ऋतुराज गायकवाड ।तस्बिर : क्रिकइन्फो

चेन्नईलाई सस्तैमा समेट्न लखनउका लागि म्याट हेनरी, मोहसिन खान र यस ठाकुरले एकएक विकेट हात पारे।

मंगलबारको खेलमा विजयी भएसँगै लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। आठ खेल खेल्दा उसले १० अंक जोडेको छ। साविक विजेता चेन्नाई भने समान खेलमा ८ अंक जोड्दै पाँचौं स्थानमा झरेको छ।

आईपिएल अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटनको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : ५३ बजे

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव

भक्तपुरको फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति

भक्तपुर – भक्तपुरको एक फर्निचर आगलागी हुँदा रु ३५ लाख

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको