पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस् « Khabarhub

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी हुने गर्दछ । यो समस्या बच्चा, वृद्ध सबैमा हुन सक्छ । यो समस्या केही दिनमा आफैँ ठिक हुन्छ भने कहिलेकाहीँ लामो समयसम्म पनि हुन सक्छ ।

पिसाब पोल्ने समस्या गर्मी समयमा बढी हुने गर्दछ । यसका अलावा शरीरलाई आवश्यक पानीको मात्रा कम भएर वा लामो समय सम्म पिसाब रोक्नाले पनि पिसाब पोल्ने हुन सक्छ ।

यसका साथै मुत्र नलीको संक्रमण, मिर्गौलामा पत्थरी, शरीरमा पानीको कमी, अल्सर, गर्भवतीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, मधुमेह, तथा मूत्रनली खुम्चिनु लगायतका कारणले पनि पिसाब पोल्न सक्छ ।

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपायहरू
– प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने
– दैनिक १ गिलास गाँजरको रस पिउने
– फोहोर शौचालयको प्रयोग नगर्ने
– बोटैमा पाकेको अर्गानिक फल खाने
– अमला, हर्रो, बर्रो एक गिलास पानीमा भिजाइ बिहान सेवन गर्ने
– मेथीको साग खाने
– अमिलो फलफूल जस्तै कागती, सुन्तला जस्ता फलफूल खाने
– सरसफाइमा विशेष ध्यान दिने
– कटन वा सुतीको कपडाको अण्डरवेयरको प्रयोग गर्ने

विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ८ : ५६ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको