चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण | Khabarhub Khabarhub

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा मंगलबार र बुधवार भारी वर्षा हुने चेतावनी दिए लगत्तै उनीहरूलाई स्थानान्तरण गरिएको हो ।

हालैका दिनहरूमा ग्वाङ्डोङमा भीषण वर्षा भइरहँदा नदीको स्तर बढेको छ । जसका कारण ठूलो बाढी आउन सक्ने सम्भावना छ।

मंगलबार सेन्जेनको मेगासिटीमा भारी वर्षा भएको छ । बाढीको जोखिम अझै उच्च रहेको मौसम विभागले बताएको छ । मानिसहरूलाई सम्भावित विपदबाट सतर्क रहन आग्रह गरिएको छ ।

बेई नदीको सहायक नदीले घेरिएको छिङयुआनबाट ४५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ राज्य समाचार एजेन्सी सिन्ह्वाले साताको अन्त्यमा भारी वर्षा सुरु भएदेखि गुआङडोङका १ लाख १० हजार बासिन्दालाई स्थानान्तरण गरिएको बताएको छ।

चीनमा बाढीले हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने १० जना बेपत्ता छन् ।

 

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १० : ०० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र