काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको १६ सय ६० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।
प्रतिक्रिया