नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर « Khabarhub

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच होटल सोल्टीमा भएको भेटवार्तापछि ती सहमतिमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री दाहाल र अमिर अल थानीबीच वान टु वान भेटवार्तापछि दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो ।

दुई देशका प्रमुखबीचको वार्तापछि विभिन्न ८ वटा विषयमा सहमति आदानप्रदान गरिएको हो ।

उक्त वार्ताका क्रममा दुई देशका सरकारका मन्त्रालयहरूबीच ६ वटा र निजीक्षेत्रबीच पनि २ वटा विषयमा सम्झौतापछि हस्ताक्षर भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग सरकारीस्तरमा ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मन्त्रालयले नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदानसम्बन्धी हस्ताक्षर भएको जनाएको छ ।

दुई देशबीच शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर भएको छ ।

निजीक्षेत्रतर्फ कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता हस्ताक्षर गरिएको छ ।

भेटका क्रममा द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले अमिर थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । थानीको आजै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १२ : ०९ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट