‘डिप फेक’को शिकार बने रणवीर   « Khabarhub

‘डिप फेक’को शिकार बने रणवीर  


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


25.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकपछि अर्को गर्दै बलिउड कलाकारहरु ‘डिप फेक’ भिडियोको शिकार भइरहेका छन् । पछिल्लो समय नायक रणवीर सिंह पनि यसको शिकार बनेका छन् ।

एआई प्रविधिको सहयोगमा बनाइएको भिडियोमा रणवीरले भारतीय प्रधानमन्त्री र उनको पार्टीको आलोचना र भारतीय कंग्रेसको समर्थनमा बोलेको देख्न सकिन्छ । भारतमा लोक सभा चुनावको मिति नजिकिँदै गर्दा यो भिडियोले स्वाभाविक रूपमा चर्चा पाउँदा उनी हैरान बनेका छन् ।

प्रविधिको दुरुपयोग गरी रणवीरको चरित्रमा असर गर्ने काम काम भएको भन्दै उनका बुबा जुगजित सिंह प्रहरी समक्ष पुगेका छन् । जुगजितले मंलबार महाराष्ट्र साइबर प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।

जुगजितले प्रहरीमा दिएको बयान अनुसार रणवीरले १४ अप्रिलमा एक फेसन शोमा दिएको अन्तर्वार्ताको डिप फेकको सहयोगमा दुरुपयोग गरी सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक भएको हो ।

सो भिडियो १७ अप्रिलमा नक्कली एक्स खाताबाट सार्वजनिक भएको थियो । भारतीय मिडियामा अन्तरवार्ता दिँदै महाराष्ट्र साइबर प्रहरीका डिआइजी सञ्जय शिंत्रेले नक्कली खाता प्रयोगकर्ताको पहिचान भइसकेको र तीव्र रूपमा कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

यसअघि रश्मिका मन्दना, आलिया भट्टलगायतका भारतीय कलाकार डिप फेक भिडियोको शिकार भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १ : ४२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल