पोखरा र गौतम बुद्ध विमास्थलबाट उडान गर्न कतारसँग प्रस्ताव « Khabarhub

पोखरा र गौतम बुद्ध विमास्थलबाट उडान गर्न कतारसँग प्रस्ताव


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कतारसमक्ष आग्रह गरेका छन् ।

नेपालको भ्रमणमा रहेका  कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानीसँग बुधबार काठमाडौंमा भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् ।

अर्बौँ रुपैयाँ लगानीमा बनाइएका यी दुई विमानस्थल सञ्चालन नेपालका लागि चुनौतीपूर्ण बनिरहेका बेला प्रधानमन्त्रीले कतारका राजासमक्ष नयाँ हवाई गन्तब्य बनाउन आग्रह गरेका हुन् ।

प्रचण्डले कतार सरकारलाई लुम्बिनी र पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।

द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ र दोहाबीच प्रभावकारी एवम् पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै नयाँ गन्तव्यका लागि आग्रह गरेका हुन् ।

‘कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरु (एमओयु) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्रीले समयको मागसँगै ती सम्झौता तथा समझदारी परिमार्जन र अद्यावधिक गर्दै लैजानुपर्ने पनि बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  २ : २५ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका