विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे « Khabarhub

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अघिल्लो वर्ष अक्टोबर ७ मा विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि अपहरण गरि लगिएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि कतारसँग गुहार लगाएका छन् ।

कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानीसँग बुधबार काठमाडौंमा भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले यस्तो विपिनको रिहाइका लागि गम्भीर पहल गरिदिन आग्रह गरेका हुन् ।

यसअघि मंगलबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि विपिनको रिहाइका लागि कतारको प्रभाकारी भूमिकाको अपेक्षा गरेका थिए ।

कतारले हमास र इजरालयबीच जारी युद्धलाई शान्तिपूर्ण निकास दिन पहल गरिरहेको छ । उसकै पहलमा यसअघि पनि छोटो समयको युद्धबिराम भएर बन्दी आदान प्रदान सम्भव भएको थियो । तर त्यसबेला हमासको कब्जामा रहेका भनिएका नेपाली युवा विपिन रिहा हुन सकेका थिएनन् ।

राष्ट्रपतिपछि प्रधानमन्त्री प्रचण्डले पनि कृषि पढ्न गएका नेपाली विद्यार्थी विपिनको सकुशल रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई भनेका हुन् ।

‘शैक्षिक इन्टर्नशिपको लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी अक्टोबर ७ मा हमासको आक्रमणपछि बेपत्ता छन्’, दाहालले भने, ‘उनको अवस्था हालसम्म थाहा हुन सकेको छैन । म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष अनुरोध गर्न चाहन्छु ।’

उनले यसबारेमा व्यक्तिगत तहमै कतारका राजाको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ ।

त्यसैगरी पश्चिम एसियामा बिग्रिँदै गएको परिस्थितिप्रति चिन्ता जनाउँदै उनले जतिसक्दो चाँडो युद्ध अन्त्य भएर शान्ति पुनःस्थापनाको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  २ : ३६ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट