विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे « Khabarhub

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अघिल्लो वर्ष अक्टोबर ७ मा विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि अपहरण गरि लगिएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि कतारसँग गुहार लगाएका छन् ।

कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानीसँग बुधबार काठमाडौंमा भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले यस्तो विपिनको रिहाइका लागि गम्भीर पहल गरिदिन आग्रह गरेका हुन् ।

यसअघि मंगलबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि विपिनको रिहाइका लागि कतारको प्रभाकारी भूमिकाको अपेक्षा गरेका थिए ।

कतारले हमास र इजरालयबीच जारी युद्धलाई शान्तिपूर्ण निकास दिन पहल गरिरहेको छ । उसकै पहलमा यसअघि पनि छोटो समयको युद्धबिराम भएर बन्दी आदान प्रदान सम्भव भएको थियो । तर त्यसबेला हमासको कब्जामा रहेका भनिएका नेपाली युवा विपिन रिहा हुन सकेका थिएनन् ।

राष्ट्रपतिपछि प्रधानमन्त्री प्रचण्डले पनि कृषि पढ्न गएका नेपाली विद्यार्थी विपिनको सकुशल रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई भनेका हुन् ।

‘शैक्षिक इन्टर्नशिपको लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी अक्टोबर ७ मा हमासको आक्रमणपछि बेपत्ता छन्’, दाहालले भने, ‘उनको अवस्था हालसम्म थाहा हुन सकेको छैन । म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष अनुरोध गर्न चाहन्छु ।’

उनले यसबारेमा व्यक्तिगत तहमै कतारका राजाको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ ।

त्यसैगरी पश्चिम एसियामा बिग्रिँदै गएको परिस्थितिप्रति चिन्ता जनाउँदै उनले जतिसक्दो चाँडो युद्ध अन्त्य भएर शान्ति पुनःस्थापनाको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  २ : ३६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा