हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले « Khabarhub

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले जिती सकेको तर निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी रहेको बताएका छन् । 

इलाम उपनिर्वाचनको मौन अवधि शुरु हुनु अगावै बुधबार पार्टीले राखेको वृहत आमसभामा बोल्दै वाग्लेले चुनाव जिती सकेको बताएका हुन । 

‘राजनीति भनेको अंकगणीतको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ, तर हामीले चुनाव जिती सकेका छौँ ।’ वाग्लेले भने ।

रास्वपाको तनहुँबाट संघीय सांसद रहेका वाग्ले इलाममा बैशाख १५ मा हुन लागेको उपनिर्वाचनको प्रचार-प्रचार तथा घरदैलो कार्यक्रममा सक्रिय छन् । बुधबार राती १२ बजेबाट निर्वाचनको मौन अवधि शुरु हुनु अगावै आज रास्वपाले इलामको देउमाई नगरपालिकाको मंगलबारेमा तथा इलाम नगरपालिकाको चोक बजारमा वृहत आमसभाको आयोजना गरेको छ ।

मन्तव्य राख्ने क्रममा आफ्ना उम्मेदवार मिलन योङहाङ लिम्बूका विरुद्ध विरोधी राजनीतिक दलहरूले अफवाह फैलाई रहेको बताउँदै, उनले पुराना दलहरू पराजयबाट तर्सिएको बताए । 

उनले भने, ‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई सग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो ।’

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  २ : ४० बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको