वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा « Khabarhub

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली पुरुषबाटै शोषणमा परेको तथ्यांक सार्वजनिक भएको छ । रोजगारका क्रममा समस्या परेपछि शरण परेका महिलामाथि नेपाली पुरुषहरूले नै शोषण गरेको पाइएको हो ।

बुधबार तरंगिनी फाउण्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय श्रमिकको सम्मानसम्बन्धी सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा पीडित महिलाहरूले नेपाली पुरुषहरूले नै शारीरिक शोषण गरेको भन्दै न्यायको लागि पहल गरेको सुनाए । 

महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) तथा तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्रका अध्यक्ष डा. रेणु अधिकारीले वैदेशिक रोजगारमा गएका महिला अरबीहरुबाट भन्दा धेरै आफ्नै नेपाली दाजुभाइबाट यौन हिंसामा परेको बताइन् । 

उनी भन्छिन्, ‘महिलाको पाठेघर सृष्टिको मुहान हुनुपर्ने तर पीडाको मुहान बन्न पुगेको छ ।’ 

त्यस्तै उनले गर्भवती भएर फर्किएका महिलाको समाचार लेख्दा सञ्चारमाध्यमले पत्रकारिताको आचारसंहिता पालना नगरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । 

त्यस्तै, उनले वैदेशिक रोजगारमा जाने महिलाको यौनिकतामाथि प्रश्न उठाएर उनीहरूलाई कमजोर नठान्न आग्रह गरिन् । घरेलु कामदारका रुपमा गएका महिला वार्षिक २५ देखि ३० जना गर्भवती भएर नेपाल फर्किन्छन् । नेपाल सरकारले महिलालाई घरेलु कामदारका रुपमा पठाउन स्वीकृति भने दिएको छैन ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ४ : ०० बजे

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै