लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै अफगानिस्तान « Khabarhub

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै अफगानिस्तान


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानको उत्पादन र लागूऔषधमा यसको प्रशोधनलाई विश्वव्यापी समस्याको रूपमा वर्णन गर्दै मुलुकलाई लागूऔषधको खतरा विरुद्ध लड्न मद्दत गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।            

आन्तरिक मामिला मन्त्रालयको काउन्टर–नार्कोटिक्स कार्यालयका प्रमुख मौलवी हसिबुल्लाह अहमदीले विश्वव्यापी समस्याका रूपमा लागूऔषध विरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताए।

राजधानी काबुलको बाहिरी इलाकामा मंगलबार ठूलो मात्रामा अवैध लागूऔषध र लागूऔषध उत्पादनमा प्रयोग हुने वस्तुहरू जलाउने कार्यक्रममा अधिकारीले अन्तरिम सरकार देशमा लागूऔषधको खतराविरुद्ध लड्न कटिबद्ध रहेको बताए।

अफिम खेती, लागूऔषधको प्रशोधन र ओसारपसार विरुद्ध प्रशासनको दृढ संकल्प देखाउन छ सय ३५ केजी हेरोइनसहित २० टनभन्दा बढी अवैध लागूऔषध सार्वजनिकरूपमा जलाइएको छ ।

कुनै समय अफगानिस्तानमा लागूऔषध खेती ९५ प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घको लागूऔषध तथा अपराध कार्यालय (युएनओडिसी) ले एक प्रतिवेदनमा पुष्टि गरेपछि युद्धग्रस्त अफगानिस्तान क्रमशः लागूऔषधबाट मुक्त हुँदै गएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : २६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले