‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन « Khabarhub

‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानी सेनाका तर्फबाट ‘दुर्भावनापूर्ण साइबर गतिविधि’ गरेको अमेरिकी आरोपलाई इरानले ‘निराधार’ भन्दै यसको खण्डन गरेको छ । 

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भने, ‘इरानका केही व्यक्ति र कम्पनीहरू साइबर आक्रमणमा संलग्न रहेको अमेरिकी सरकारको दाबीलाई इरानले स्पष्टरूपमा खण्डन गरेको छ ।’

उनले वासिङ्टनले ‘गाजा पट्टीमा इजरायली युद्ध अपराध र नरसंहारका लागि इजरायली शासनलाई असीमित समर्थन गर्ने नीतिप्रति अन्तर्राष्ट्रिय आलोचनाको लहरलाई हटाउन खोजेको’ आरोप लगाए। 

अमेरिकी अर्थ मन्त्रालयले मंगलबार चार व्यक्ति र दुई कम्पनीविरुद्ध प्रतिबन्धको घोषणा गरेको थियो र चार जनालाई ‘अमेरिकी संस्थाहरूलाई लक्षित गर्ने साइबर गतिविधिमा उनीहरूको भूमिकाको लागि’ पनि अभियोग लगाएको थियो ।

इरानको रिभोल्युसनरी गार्ड्सका तर्फबाट यी व्यक्तिहरूले एक दर्जनभन्दा बढी अमेरिकी कम्पनी र सरकारी संस्थाहरूलाई साइबर आक्रमणमार्फत निशाना बनाएका थिए ।

गत अप्रिल १३ र १४ मा इजरायलले दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा गरेको घातक हवाई आक्रमणको बदलामा इरानले गरेको आक्रमणपछि संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली सङ्घले हालैका दिनहरूमा इरानविरुद्ध नयाँ प्रतिबन्धहरू लगाएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : २२ बजे

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको