अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिले भेटे अर्थमन्त्री पुनलाई  « Khabarhub

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिले भेटे अर्थमन्त्री पुनलाई 


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका वित्तीय विकास संस्था (डेभलपमेन्ट फाइनान्स इन्सिच्युसन) को प्रतिनिधिमण्डलले आज अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेको छ । 

नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डा डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले अर्थमन्त्री पुनसँग अर्थ मन्त्रालयमा भेट गरेको उनको सचिवालयले जनाएको छ ।

नेपालका वाणिज्य बैंकहरुसँग मात्र सहकार्य गर्दै आएका अन्तर्राष्ट्रिय विकास संस्थाले आगामी दिनमा विकास बैंक र वित्त कम्पनीमार्फत पनि लगानी गर्न चाहेको बताएका छन् । त्यस्ता संस्थाले हालसम्म नेपालका बैंकहरुमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रका लागि अमेरिकी डलर ६० करोड लगानी हाराहारी लगानी गरिसकेको जनाइएको छ ।

भेटका क्रममा प्रतिनिधिमण्डलका सदस्यले आफूहरु नेपालमा लगानीको क्षेत्र विस्तार गर्न इच्छुक रहेको भन्दै थप लगानी ल्याउने प्रतिबद्धतासमेत जनाएका छन् । जवाफमा अर्थमन्त्री पुनले वैदेशिक लगानी आकर्षित गर्ने नीतिमा सरकार रहेको उल्लेख गर्दै आन्तरिक तथा बाह्य निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण जनाउँदै गएको बताए ।

प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी), एसियन विकास बैंक (एडिबी), अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसी), बेलायती सरकारको स्वामित्वमा रहेको ब्रिटिस इन्टरनेउनल इन्मेष्टमेन्ट, बेल्जियमको बिआइ ओ इनभेष्टिङका साथै जर्मनी, फ्रान्स, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, स्वीडेनका सरकारी स्वामित्वका कम्पनीका प्रतिनिधि संलग्न थिए ।

यसअघि सोही प्रतिनिधिमण्डलले अर्थसचिव मधुकुमार मरासिनीसंँग भेटेको थियो । त्यसक्रममा सचिव मरासिनीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको बताउँदै केही दिनअघि मात्र अध्यादेशमार्फत  लगानी प्रतिकूल ठानिएका विभिन्न ऐन संशोधनको निर्णय गरेको बताए ।  

नेपालले आगामी सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति गर्न तथा सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडिजी) को उद्देश्य पूरा गर्ने अभियानमा रहेकाले सरकारले वैदेशिक लगानीमा जोड दिने नीति लिएको सचिव मरासिनीको भनाइ छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ३० बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको