कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर) « Khabarhub

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)



काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ – गहनापोखरीको जात्रा ! ‘गहना खोज्ने जात्रा’का नामबाट चर्चित यो जात्रा ज्यापू समुदायले मनाउँदै आएका छन् ।

दशैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँको जात्रा जत्तिकै रमाइलो गरिने गहनापोखरीको जात्रामा बालबालिकादेखि वृद्धवृद्धासम्म गहना खोज्न पोखरीमा झुम्मिन्छन्‌ ।

लोकोक्तिअनुसार गहनापोखरीमा आज पनि भाटभटेनीको गहना छ । पोडे थरका एक व्यक्तिसँग आमा टुँडालदेवी (वैष्णवदेवी) को अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि रिसाउँदै फर्किएकी भाटभटेनीका सबै गहना अहिलेको गहनापोखरीमा हराएको कथा र विश्वासका आधारमा गहनापोखरी जात्रा लाग्ने गरेको हो ।

गहनापोखरी जात्राको अघिल्लो दिन टुँडालदेवीको रथलाई गहनापोखरीमा ल्याई तीनपटक परिक्रम गराइन्छ । टुँडालदेवीको गहना खोज्न रथ पोखरीभित्र लगिन्छ भने महालक्ष्मीको रथ बाहिरै राखिन्छ ।

पूरात्वविद्‌हरूका अनुसार किरात र लिच्छवीकालीन काठमाडौंको राजधानी हाँडीगाउँमा थियो । त्यसबेला कैलाशकुट दरबारले सातौँ शताब्दीमा खडा गरेको शिलालेखमा गहनापोखरीको जात्रालाई ‘अन्डिपीजात्रायाम’ भनेर उल्लेख गरिएको छ ।

तस्वीरहरू :

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको