इलाम पुगेर ओलीले भने : सधैँभरि गठबन्धन गरेर देश बन्दैन | Khabarhub Khabarhub

इलाम पुगेर ओलीले भने : सधैँभरि गठबन्धन गरेर देश बन्दैन


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने पार्टी भएको बताएका छन् ।

बुधबार इलाम क्षेत्र नं. २ को चुलाचुलीमा नेकपा एमाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउन निर्णायक राष्ट्रिय शक्ति चाहिने बताए ।

सधैँ गठबन्धनले देश नबन्ने ओलीले बताएका छन् । त्यसकै लागि एमालेले मिसन २०८४ भनेको उनले बताए । ‘देश बनाउने हो भने मिसन २०८४ चाहिन्छ’, उनले भने ।

देश लगातार ओरालो लागेकोले त्यसलाई रोक्न एमालेले नयाँ समीकरण बनाएको ओलीले बताए । ‘पहिरो गएको गएकै भयो देशमा, तीन वर्षदेखि पहिरो गएकै गए भयो’, ओलीले भने ।

सुदृढ राष्ट्रिय शक्ति निर्माणको लागि आजैबाट काम थाल्नु पर्नेमा उनले जोड दिए । देश बिग्रन दिनु नहुने बताउँदै ओलीले देश आफैँले बनाउनु पर्ने स्पष्ट पारे ।

उनले भावनामा बगेर देश नबन्ने बताए । भावनामा अनेक थरी कुरा गरेर देश अघि नबढ्ने उनले स्पष्ट पारे । विद्वेष र घृणा फैलाएर देश विकास गर्न नसकिने उनले बताए । पहिचान विरोधी कोही नभएको बताउँदै आलीले पहिचानको नाममा सामाजिक सद्भाव नभड्काउन आग्रह गरे ।

ओलीले इलामा क्षेत्र नं २ बाटएमालेले अगाडि सारेर माओवादी केन्द्र, नेकपा र परिवार दलको समर्थन पाएका सुहाङ नेम्वाङको विजय निश्चित भएको दाबी गरे ।

वैशाख १५ गते हुने इलामको उपचुनावमा सुहाङ जति योग्य उम्मेदवार कोही नभएको उनले दाबी गरे । ओलीले इलामको जिम्मा सुहाङलाई दिन आग्रह गर्दै आफूले सुहाङको जिम्मा लिने बताए ।

ओलीले अबको दुनियाँमा कसैले कसैलाई ढाँट्न नसक्ने ओलीले बताए । विगतमा कम्युनिष्टले बुढा बुढीलाई गोली हान्छन् भन्नेसम्मका भ्रम फैल्याएको बताउँदै कम्युनिष्टले त्यसलाई चिरेर सामाजिक हितको काम गर्दै अघि बढेको ओलीले प्रष्ट पारे ।

कम्युनिष्टले समृद्धि होइन गरिबी बाँड्छन् भन्ने भ्रम फिँजाउनेको जवाफ पनि एमालेले दिएको ओलीले बताए ।

कम्युनिष्टले एक पटक मौका पायो भने देश विकासको काम कसरी गर्छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिएको ओलीले उदाहरण दिए । एमालेको पालामा कयौँ पूर्वाधार निर्माण र सामाजिक  विकासका काम भएका ओलीले बताए ।

पहिचानका कुरा गर्नेलाई जनजातिको छोरालाई कसरले संविधान सभा अध्यक्ष, सभामुख र मन्त्री बनायो ? भन्दै ओलीले प्रश्न गरे । पहिलो पटक सेना चलाउने रक्षा मन्त्री र राष्ट्रपति महिला बनाउने पार्टी कुन हो? भन्दै उनले प्रश्न गरे । ‘एमाले समानताको कुरा गर्दछ, सबैलाई समान अवसरको कुरा गर्दछ’, ओलीले भने ।

ठेक्का लिएको काम समेत समयमा पुरा गर्न नसक्नेहरूले देश बनाउने कुरा गरेका भन्दै उनले उनीहरूबाट आशा गर्न नसकिने ओलीले बताए ।

ओलीले एमालेले देशलाई नयाँ युगमा प्रवेश गराएको बताए । सुरुङ मार्ग र द्रुत मार्ग निर्माण गरेर एमालेले देशलाई नयाँ युग तर्फ लगेको उनले दाबी गरे । एमाले काम गरेर देखाउने पार्टी भएको ओलीले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ५९ बजे

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै