इलाम पुगेर ओलीले भने : सधैँभरि गठबन्धन गरेर देश बन्दैन « Khabarhub

इलाम पुगेर ओलीले भने : सधैँभरि गठबन्धन गरेर देश बन्दैन


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने पार्टी भएको बताएका छन् ।

बुधबार इलाम क्षेत्र नं. २ को चुलाचुलीमा नेकपा एमाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउन निर्णायक राष्ट्रिय शक्ति चाहिने बताए ।

सधैँ गठबन्धनले देश नबन्ने ओलीले बताएका छन् । त्यसकै लागि एमालेले मिसन २०८४ भनेको उनले बताए । ‘देश बनाउने हो भने मिसन २०८४ चाहिन्छ’, उनले भने ।

देश लगातार ओरालो लागेकोले त्यसलाई रोक्न एमालेले नयाँ समीकरण बनाएको ओलीले बताए । ‘पहिरो गएको गएकै भयो देशमा, तीन वर्षदेखि पहिरो गएकै गए भयो’, ओलीले भने ।

सुदृढ राष्ट्रिय शक्ति निर्माणको लागि आजैबाट काम थाल्नु पर्नेमा उनले जोड दिए । देश बिग्रन दिनु नहुने बताउँदै ओलीले देश आफैँले बनाउनु पर्ने स्पष्ट पारे ।

उनले भावनामा बगेर देश नबन्ने बताए । भावनामा अनेक थरी कुरा गरेर देश अघि नबढ्ने उनले स्पष्ट पारे । विद्वेष र घृणा फैलाएर देश विकास गर्न नसकिने उनले बताए । पहिचान विरोधी कोही नभएको बताउँदै आलीले पहिचानको नाममा सामाजिक सद्भाव नभड्काउन आग्रह गरे ।

ओलीले इलामा क्षेत्र नं २ बाटएमालेले अगाडि सारेर माओवादी केन्द्र, नेकपा र परिवार दलको समर्थन पाएका सुहाङ नेम्वाङको विजय निश्चित भएको दाबी गरे ।

वैशाख १५ गते हुने इलामको उपचुनावमा सुहाङ जति योग्य उम्मेदवार कोही नभएको उनले दाबी गरे । ओलीले इलामको जिम्मा सुहाङलाई दिन आग्रह गर्दै आफूले सुहाङको जिम्मा लिने बताए ।

ओलीले अबको दुनियाँमा कसैले कसैलाई ढाँट्न नसक्ने ओलीले बताए । विगतमा कम्युनिष्टले बुढा बुढीलाई गोली हान्छन् भन्नेसम्मका भ्रम फैल्याएको बताउँदै कम्युनिष्टले त्यसलाई चिरेर सामाजिक हितको काम गर्दै अघि बढेको ओलीले प्रष्ट पारे ।

कम्युनिष्टले समृद्धि होइन गरिबी बाँड्छन् भन्ने भ्रम फिँजाउनेको जवाफ पनि एमालेले दिएको ओलीले बताए ।

कम्युनिष्टले एक पटक मौका पायो भने देश विकासको काम कसरी गर्छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिएको ओलीले उदाहरण दिए । एमालेको पालामा कयौँ पूर्वाधार निर्माण र सामाजिक  विकासका काम भएका ओलीले बताए ।

पहिचानका कुरा गर्नेलाई जनजातिको छोरालाई कसरले संविधान सभा अध्यक्ष, सभामुख र मन्त्री बनायो ? भन्दै ओलीले प्रश्न गरे । पहिलो पटक सेना चलाउने रक्षा मन्त्री र राष्ट्रपति महिला बनाउने पार्टी कुन हो? भन्दै उनले प्रश्न गरे । ‘एमाले समानताको कुरा गर्दछ, सबैलाई समान अवसरको कुरा गर्दछ’, ओलीले भने ।

ठेक्का लिएको काम समेत समयमा पुरा गर्न नसक्नेहरूले देश बनाउने कुरा गरेका भन्दै उनले उनीहरूबाट आशा गर्न नसकिने ओलीले बताए ।

ओलीले एमालेले देशलाई नयाँ युगमा प्रवेश गराएको बताए । सुरुङ मार्ग र द्रुत मार्ग निर्माण गरेर एमालेले देशलाई नयाँ युग तर्फ लगेको उनले दाबी गरे । एमाले काम गरेर देखाउने पार्टी भएको ओलीले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ५९ बजे

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

महिला गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई

कास्की – पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल