लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी « Khabarhub

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री जोखबहादुर महराले बुधबार गठबन्धन दलहरूसँग छलफल गरेपछि बिना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिएका हुन् । प्रदेशमा गठबन्धनमा रहेका दलहरूबीच भागबन्डा नपुगेपछि १० मन्त्रालय फुटाएर १२ पुर्याइएको छ ।

लुम्बिनीमा जनता समाजवादी पार्टी नेपालले भने दुई मन्त्रालय मागेकोमा एक मात्र दिएको भन्दै सरकार छोडेको छ । यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । 

त्यस्तै एमालेबाट चेतनारायण आचार्यले अर्थ र माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यस अघि नै पाइसकेका छन् ।

मुख्यमन्त्री महराले एमालेका भुमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी, दिनेश पन्थीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार, अर्जुन केसीलाई वन तथा वातावरण र रत्न खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै नाउपाका धर्म बहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात, स्वतन्त्र सांसद खड्ग बस्नेतलाई, पर्यटन उद्योग तथा सहकारी र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

साथै मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : ०५ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ