त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज त्रिविका कानुनी सल्लाहकार खनाललाई कुनै पनि कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । शिक्षा मन्त्रालयले केही दिनअघि चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा नाम जोडिएकालाई कारबाही गर्न निर्देशन दिएको थियो । 

त्रिविका कानुनी सल्लाहकार खनालले बिना प्रमाण र अनाहकमा आफूमाथि कारबाहीको सिफारिस गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले कारबाही नगर्न आदेश दिएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : १३ बजे

‘लुरूलुरू गएर बयान दिने काम केपी ओलीले गर्दैन’

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३

खाँदबारी-किमाथाङ्का सडक सञ्चालन

खाँदबारी– कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको लामो समयपछि पुनः सञ्चालनमा

भदौ २४ मा बालुवाटार छाडेपछि ओलीले राष्ट्रपतिलाई के सिफारिस गरेका थिए ?

काठमाडौं- गत भदौ २४ गते नेपाली सेनाको हेलिकप्टरमा सरकारी निवास

कैलाली ट्याक्टर दुर्घटना : घाइतेको सनाखत

लम्की– कैलालीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको

नेप्से परिसूचक १६ अङ्कले बढ्यो

काठमाडौंं– यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज